स्वदेशमै बसेर अरुलाई जागिर खुवाउने दम्पत्ति

८ भदौ, संखुवासभा । परिवारका सदस्यसँग विछोड भएर विदेशमा दुःख गर्नुभन्दा घरैमा मेहनत गरेर राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ संखुवासभा माम्लिङ निवासी खगेन्द्र कार्कीको जोडी । पहाडी जिल्ला संखुवासभाको माम्लिङ्ग निवासी खगेन्द्र कार्कीले कृषि फार्म दर्ता गरी उन्नत जातको तरकारी खेती एवं गाईपालन व्यवसाय गरेर राम्रो आम्दानी लिन थाल्नुभएको छ । उहाँले तरकारी खेती अन्तरगत १ रोपनी जग्गामा प्लाष्टिकका ५ वटा टनेल बनाई व्यावसायिक टमाटर खेती गरेर गत साल १ लाख ५० हजार आम्दानी गर्नुभयो ।1
त्यस्तै काउली, आलुलगायतको तरकारी बालीबाट गत साल १ लाख बराबरको आम्दानी  भएको कार्कीले बताउनुभयो ।
मिश्रति खेती प्रणालीअन्तरगत उहाँले मौरीपालन पनि गर्नुभएको छ । अहिले उहाँले १५ घार माहुरी पाल्नुभएको छ । अब चाँडै ५० घार बनाउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । अहिले १ जना मिस्त्रीले धमाधम घार निर्माण गरिरहेका छन् । सानो क्षेत्रफलमा फलफूल अन्तरगत सुन्तला, जुनार र कागती रोप्नुका साथै कार्कीले उन्नत जातको पशुपालन पनि गर्नुभएको छ । उहाँले ५ वटा उन्नत जर्सी गाई पाल्नुभएको छ । एउटा गाईमा पशु सेवा केन्द्र माम्लिङ्गको प्राविधिक सहयोगमा कृत्रिम गर्भाधान गराइएको छ । तर, गाईले दुध दिन थालेपछि बिक्री गर्ने ठाँउको अभाव रहेको सो फार्मका प्रोपाइटर तुलसा कँडेल-कार्की)ले जानकारी दिनुभयो । गाईपालनका लागि २५ रोपनीभित्र अमि्रसो, नेपियर र बाँस लगाइएको छ ।2
बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म काममा लागिपर्ने तुलसा र खगेन्द्रका २ छोरा छन । जेठा छोरा रविलाई मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा कृषि विज्ञ बनाउनका लागि यसपटकदेखि प्रमाणपत्र तहमा भर्ना गरिएको छ । ‘छोरालाई कृषि विज्ञ बनाउन लागिपरिरहेका छौं ।’ प्रोपाइटर तुलसाले भन्नुभयो । अर्का छोरा भने कक्षा ९ मा पढ्दै छन् ।
कार्की आफैंले माम्लिङ्ग र मुढेमा २ लाख बराबरको लगानीमा कृषि एग्रोभेटसमेत खोल्नुभएको छ । उन्नत जातका विउ विषादि सुलभ रुपमा कृषकलाई उपलब्ध गराउन एग्रेभेट सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।
‘शहरको भीडभाड र कोलाहलमा बस्नुभन्दा गाँउमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण बन्ने चाहने लक्ष्य छ’, कार्की भन्नुहुन्छ -’अहिले युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ, त्यसको विपक्षमा उभिँदै अरुको नोकर हुनुभन्दा आफै उद्यमी बन्नुपर्छ र अरुलाई जागिर दिनुपर्छ ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.