माओवादीले रोल्पामा करोडौं रुपैयाँ गाडेको खुलासा

८ भदौ, रोल्पा । सशस्त्र युद्धका बेला तत्कालीन बिद्रोही नेकपा माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा भएको छ । घर्तीगाउँ ७ झिनुवाको ओद्राहाले जंगलमा गाडेर राखेको करिब एक करोड ७० लाख नागदसहित पाँच किलो सुन झिनुवाका केही व्यक्तिले निकालेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले छानबिन थालेको छ । प्रहरीले गाउँलेहरुसँग बयान लिइरहेको छ । झिनुवाका चारजना कृष्ण, हुकुम, खिमे र झुपल वलीलाई सदरमुकाममा झिकाई प्रहरीले सोधपुछ गरेको हो । सोधपुछपछि उनीहरुलाई छाडिएको प्रहरी नायबउपरीक्षक ओमबहादुर रानामगरले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । रानामगरका अनुसार उनीहरुले रकम खोज्न खाल्डो खने पनि फेला नपरेको बयान दिएका छन् । स्रोतका अनुसार झिनुवाका केही व्यक्तिले गत असार २३ गते राति खाल्डोमा पुरेको रकम खनेर निकालेका थिए । ४० लिटर क्षमताको प्लास्टिकको कालो ड्रममा गाडिएको उक्त रकम उनीहरुले निकालेको गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.