भारतविरुद्ध अफगानिस्तानको २ गोल

२६ भदौ, काठमाण्डौं । आठौं साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र अफगानिस्तान भिडिरहेका छन् । काठमाण्डौंको दशरथ रंगशालामा जारी खेलमा अफगानिस्तानले २ गोलको अग्रता लिएको छ । उसका लागि नवौं मिनेटमा मुस्तफाले गोल गरेका हुन् । त्यसपछि लगातार अफगानलाइ दबावमा राखेको भारतले गोल गर्न भने सकेन । दोस्रो हापमा पनि भारतले केही अबसर गुमायो । तर, ६३ मिनेटमा अफगानिस्तानले काउन्टरमा गोल गरेको छ । उसका लागि संजरले गोल गरेका हुन् । डिफेण्डिङ च्याम्पियन भारत उपाधि रक्षाको प्रयासमा हुनेछ भने अफगानिस्तान गत सिजनको फाइनलमा हारको बदला लिने दाउमा छ । अफगानिस्तानलाई पराजित गरे ५ पटकको विजेता भारतले लगातार तीन संकरणमा उपाधि जित्दै हृयाटि्रक गर्नेछ । दक्षिण एशियाको सशक्त टिमको रुपमा अगाडि आएको अफगानिस्तान भने पहिलो उपाधिको खोजीमा छन् । भारत र अफगानिस्तान अहिलेसम्म ५ पटक भिडेका छन्, जसमा सबै खेल भारतले जितेको छ । २०११ को फाइनलमा भारतले अफगानिस्तानलाई ४-० ले पराजित गरेको थियो । live भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.