मट्टीतेल खन्याएर आत्महत्या

काठमाण्डौ : काठमाण्डौको क्षेत्रपाटी बस्ने एक महिलाले घरायसी विवाद हुदा आफ्नै शरिरमा आगो लगाएपछि जलेर मृत्यु भएको छ । महानगरीय प्रहरीले दिएको जानकारीअनुसार काठमाण्डौको क्षेत्रपाटी बस्ने २२ वर्षिय सुनमाया पोडेले आफ्नै शरिरमा आगो लगाएर जलेपछि उपचारको क्रममा विर अस्पतालमा उनको मंगलवार मृत्यु भएको हो । प्रहरीकाअनुसार सुनमाया पोडे र उनका श्रीमान् विक्की पोडेविच घरायसी खर्चको विषयमा विवाद हुदा उनले आवेगमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याएर आगो लगाइएकी थिईन । उनिहरुविच साझ खाना खाएर सुत्ने क्रममा विवाद भएको प्रहरीको भनाई छ । श्रीमान्संग विवाद भएपछि सुनमायाले भान्सा कोठामा गई शरिरमा मट्टितेल खन्याएकी थिइन् । शरिरमा आगो लगाएपछि पोडेलाई उनका परिवारले उपचारका लागी विर अस्ताल पुऱ्याएका थिए । प्रहरीले उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.