शुक्रबारबाट २४ घन्टा सम्पूर्ण भारतिय मनोरञ्जनात्मक च्यानल बन्द हुने

गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रामक सिरियल प्रशारण गर्ने तयारी गरेपछि भारतको जीटीभी माथी नेपाली दर्शक खनिए । यसपश्चात यो सिरियलका निर्माताले माफी माग्दै प्रोमो नै सच्चाए ।baidya-bigyaptiभारतले नेपाल माथि गरेको नांगो हस्तक्षेप भन्दै मोहन बैद्य निकट नेकपा माओवादीले भाद्र २८ गते बिहान ८ बजेबाट भाद्र २९ गते बिहान८ बजेसम्म सम्पूर्ण भारतिय च्यानल नेपालमा बन्द गर्ने भएको छ । अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका अध्यक्ष सविनकुमार तोलाङ्गी र महासचिव दिनेश लिङ्देनले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालिएको बताइएको छ ।

यस्तै विज्ञप्तीमा बुद्धबारे भ्रामक सिरियल प्रशारणको तयारी गरेको जीटीभीलाई अनिश्चितकालका लागि बन्द गर्ने समेत जनाइएको छ । केही महिना अघि केही दिनका लागि हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाएको बैद्य माओवादीले अहिले यो निर्णय गरेको हो ।
कुन कुन च्यानल बन्द हुन्छन त ? तलको लिंकमा क्लिक गर्नुहोला :

0 comments

Write Down Your Responses

Powered by Blogger.