मूल्य बृद्धिको विरोधमा विद्यार्थीहरुले पेट्रोल पम्प बन्द गर्ने

काठमाडौं । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रमुख दलसम्वद्धसहितका १४ बटा विद्यार्थी संगठनहरुको पेट्रोल पम्प बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । इनधनको मूल्य बृद्धिले चुनाव भाड्ने र दशैंमा महंगी बढ्ने भन्दै विद्यार्थीहरुले मूल्यबृद्धि फिर्ता लिन माग गरेका हुन् । घोषित कार्यक्रम अनुसार बिहीबार र शुक्रबार सरकारी क्याम्पसी अगाडि प्रदर्शन गर्ने, २८ गते २ घण्टा आयल निगमको केन्द्रीय कार्यालय घेराउ रहेका छन् । यस्तै भदौ ३०, ३१ र असोज १ गते देशभरका पेट्रोल पम्प बन्द गरिने क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो । यस्तै बिहीबारबाट असोज १ गतेसम्म सरकारी तथा आयल निगमका गाडी चल्न नदिने कार्यक्रम छ । पहिलो चरणको आन्दोलनबाट पनि माग पूरा नभए कडा आन्दोलन गर्ने नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । १४ विद्यार्थी संगठनले पूर्वाञ्चलसहितका विश्व विद्यालयमा देखिएको समस्या समाधान गर्न र पठानपाठन सूचारु गर्न माग गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.