सवा दुई क्विन्टलको लड्डु
वीरगन्ज । सामान्यतः लड्डुको तौल ग्राममा हुन्छ, २२१ किलोग्रामको एउटै लड्डु हुन्छभन्दा पत्यार नलाग्न सक्छ तर वीरगन्जमा भगवान् गणेशलाई चढाउन २२१ किलोग्रामको एउटै लड्डु राखिएको छ । वीरगन्जको घडिअर्वा पोखरी नजिक स्थानीय गणेश झन्कार मण्डलद्वारा आयोजित गणेश चतुर्थी महोत्सवमा २२१ किलोग्रामको एउटै लड्डु गणेशलाई चढाइएको हो । करिब एक लाख रूपैयाँको लागतमा बनाएको उक्त लड्डु महोत्सवको आकर्षण बनेको छ । स्थानीय हलुवाई मन्दिर मण्डलका १० जनाका समूहले दुई दिन लगाएर बनाएको लड्डुमा ६० किलोग्राम बेसन, ९० किलोग्राम शुद्ध घीउ, १३० किलोग्राम चिनी तथा १० किलोग्राम काजु, किसमिस, पेस्ता र बदाम राखिएको छ । लड्डु गणेश दर्शनसँगै सबैका लागि आकर्षण बनेको छ । “महोत्सव सुरु भएयता बर्सेनि लड्डुको आकार ठूलो बनाउँदै लगिएको छ”-महोत्सव सञ्चालन समितिका कोषाध्यक्ष प्रकाशकुमार सिंहले भन्नुभयो, “यसरी यहाँ महोत्सव र ठूलो आकारको लड्डु चढाउन थालिएको १० वर्ष भएको छ । भव्य पण्डालमा गणेश, लक्ष्मीलगायत मूर्ति स्थापना गरेर सुरु भएको महोत्सव यही भदौ २८ गतेसम्म चल्ने छ । रासस उक्त लड्डु हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् :
0 comments
Write Down Your Responses