कम्पनी रजिष्ट्रारका निर्देशक र चार्टर्ड एकाउन्डेन्ट अख्तियारको हिरासतमा

काठमाडौं । सरकारी कार्यालयले आर्थिक अवस्थाको छानविनका लागि खटाएकै व्यक्तिले घुसघोरी धन्दा चलाएपछि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक र एकजना चार्टर्ड एकाउन्टेन्टलाई हिरासतमा लिएको छ ।

CIAAअख्तियारले चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कँडेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीलाई २० लाख घुस लिएको आरोपमा बुधबार हिरासतमा लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जनाउनुभएको छ ।
चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको उजुरी परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानविनका लागि कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो । मेडिकल कलेजको आर्थिक स्थितिबारे छानविनका लागि परामर्शदाताको नियुक्तिका लागि कम्पनी रजिष्ट्रार कार्यालयले विज्ञापन नै आह्वान गरेको थियो । सो विज्ञापन अनुसार अनामनगरको भानु एसोसिएटका कँडेल परामर्शदातामा नियुक्त भएका थिए ।
आर्थिक स्थितिकोे छानविन गर्न नियुक्त भएका कँडेलले मेडिकल कलेजका सञ्चालकबाट २० लाख घुस लिएको प्रमाणका आधारमा कँडेल र उनलाई परामर्शदाता बनाउन भूमिका खेल्ने कवारीलाई अख्तियारले हिरासतमा लिएको बताइएको छ ।
घुस लिनेलाई हिरासदमा लिइए पनि २० लाख घुस दिने मेडिकल कलेजका सञ्चालकलाई भने अख्तियारले पक्राउ गरेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.