माओवादीका कार्यकर्ताको टाउकामा लाठी
पाल्पा: पाल्पाको ठिमूरेमा प्रहरीको लाठी प्रहारबाट हिजो नेकपा माओवादीका २ कार्यकर्ता घाइते भएका छन् ।
फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध पुराउन पुगेका नेकपा माओवादीका कार्यकर्ता भगाउन प्रहरीले लाठी चार्ज गरेको हो । लाठी प्रहारबाट आशीष दुधराज र रिजन थापा घाईते भएको नेकपा माओवादी पाल्पाका सह–इन्चार्ज धिरज रानाले जानकारी दिए ।
कडा सुरक्षाकाबीच नामावली संकलन भईरहेका समयमा अबरोध पुराउन पुगेका नेकपा माओवादीका दुई दर्जन कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए ।
नेकपा माओवादीका कार्यकर्ताले नामावली संकलन कार्यलाई रोक्न भन्दै कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
प्रहरीले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा अबरोध पुराएका कारण बल प्रयोग गर्नु परेको जनाएको छ । रेग्मीका अनुसार नेकपा माओवादीका कार्यकर्ताले ल्यापटप नियन्त्रणमा लिन खोजे पछि बाध्य भएर लाठी चार्ज गरिएको उल्लेख गरे ।
फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध पुराउन पुगेका नेकपा माओवादीका कार्यकर्ता भगाउन प्रहरीले लाठी चार्ज गरेको हो । लाठी प्रहारबाट आशीष दुधराज र रिजन थापा घाईते भएको नेकपा माओवादी पाल्पाका सह–इन्चार्ज धिरज रानाले जानकारी दिए ।कडा सुरक्षाकाबीच नामावली संकलन भईरहेका समयमा अबरोध पुराउन पुगेका नेकपा माओवादीका दुई दर्जन कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए ।
नेकपा माओवादीका कार्यकर्ताले नामावली संकलन कार्यलाई रोक्न भन्दै कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
प्रहरीले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा अबरोध पुराएका कारण बल प्रयोग गर्नु परेको जनाएको छ । रेग्मीका अनुसार नेकपा माओवादीका कार्यकर्ताले ल्यापटप नियन्त्रणमा लिन खोजे पछि बाध्य भएर लाठी चार्ज गरिएको उल्लेख गरे ।


0 comments
Write Down Your Responses