साढे ३ करोडमा बिक्यो परेवा
|
निकै
तिब्र वेगमा उड्ने बेल्जियमको एक परेवा झण्डै साढे ३ करोड रुपैयाँमा
बिक्रि भएको छ । निकै तिब्र वेगमा उड्ने भएकाले यो परेवाको नाम तिब्र गतिका
धावक उसैन बोल्टको रुपमा बोल्ट राखिएको थियो ।
एक चिनिया व्यापारीले यो बोल्ट परेवालाई ४ लाख डलरमा किनेका हुन् । स्मरण
रहोस् परेवाको भाउ यति धेरै परेको यो विश्वमै पहिलोपटक हो । त्यसैले बोल्ट
परेवाले मूल्यमा विश्वकिर्तिमान कायम गरेको छ ।
बोल्टको लिलामी एक पिजन प्याराडाइज नामक
इन्टरनेट साइट मार्फत अनलाइन लिलामी भएको हो । यो परेवाका मालिक लियो
हेरमन्सले परेवासँगै ५३० वटा हृयुमिङ वर्डको बथान पनि ५६ लाख डलरमा बेचेका
छन् । एजेन्सी
0 comments
Write Down Your Responses