कोरियामा डुबेर नेपालीको मृत्यु
सोल, श्रावण २८ - रोजगारी गर्न कोरिया गएका एक नेपालीको खोलामा डुबेर मृत्यु भएको छ । गोरखा पृथ्वीनारायण नगरपालिका ३० वर्षीय रवि अर्यालको शनिबार खोलामा डुबेर मृत्यु भएको हो । अर्याल प्यान्थेकस्थित सर्सिस लिप कम्पनीको कामदार हुन् ।
त्यहा कार्यरत एक नेपालीका अनुसार अर्याल गर्मी बिदाको अवसरमा कम्पनीले ख्याङगीदो आनसङको खोला किनारमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी थिए । वनभोजस्थल नजिकै जमेको पानीमा पौडी खेलीरहेका उनी धेरै समयसम्म नफर्केपछि सँगैका साथीले उद्धार गरेका थिए तर, उनको मृत्यु भइसकेको थियो ।
सोमबार सोलस्थित नेपाली दूतावासलाइ प्राप्त प्रहरी तथा चिकित्सकहरुको प्ररम्भिक अनुसार अर्यालको डुबेर मृत्यु भएको उल्लेख छ । ईपीएस मार्फत २००८ मा यहाँ आएका उनी भिसा अवधि समाप्त गरेर नेपाल र्फकने क्रममा थिए । फर्निचरको सामान उत्पादन गर्ने कम्पनीमा अरु एघार नेपाली कामदार कार्यरत छन् ।
घटनाको वास्तविकता बुझ्न कम्पनीमा पुगेका नेपाली दूतावासका श्रम सहचारी अनिलकुमार गुरुङले शव नेपाल पठाउने तयारी भइरहेको र घटनाको जानकारी परराष्ट्र मन्त्रालयमा पत्र पठाइसकिएको बताए ।
0 comments
Write Down Your Responses