श्रीलंकाको नाइट क्लबबाट ११ नेपाली महिला पक्राउ


  श्रीलंकाको एउटा नाइट क्लबबाट ११ नेपाली महिला पक्राउ परेका छन् । त्यहाँको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार उनीहरुलाई पर्यटक भिसाका शर्त उल्लङ्घन गरेको आरोप लगाइएको बताइएको छ । बम्बालापिटियास्थित नाइट क्लबमा काम गर्ने ती नेपालीहरुलाई अध्यागमन अधिकारीहरुसमक्ष सुम्पिएको समाचारमा जनाइएको छ । पक्राउ परेका नेपाली महिलाहरुको बारेमा थप कुनै जानकारी पाउन सकिएको छैन । श्रीलंकाले गत वर्षदेखि कडा भिसा नीति अख्तियार गरेको छ । त्यहाँ अब सिंगापुर र माल्दिभ्सका पासपोर्ट बोक्नेहरुलाई मात्र अन अराइभल भिसा दिने गरिन्छ । नीति अनुसार पर्यटकीय भिसा लिएर व्यावसायिक गतिविधिमा संलग्न भएको देखिए कारबाही गर्ने गरिन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.