समाचार
»
दलालले आफैं फर्काउन थाले बेचिएका चेलीलाई
दलालले आफैं फर्काउन थाले बेचिएका चेलीलाई
१३ वैशाख, नुवाकोट । प्रहरीले दलाललाई प्रक्राउ गरी मानव बेचबिखनविरुद्ध मुद्दा चलाउन थालेपछि उनीहरु आफैले बेचेका चेलीहरु कोठीबाट गाउँमा फिर्ता ल्याउने गरेका छन् । चेलीबेटी बेचविखनको समस्याले सबैभन्दा बढी आक्रान्त बनेको नुवाकोट जिल्लामा पछिल्लो समय प्रहरीको पञ्जामा धमाधम पर्न थालेपछि त्यसबाट उम्कन आफूविरुद्ध लागेको मुद्दा झुटो प्रमाणित गर्न बेचिएका चेलीहरुलाई दलालहरुले झिकाउने गरेका हुन् । मुद्दा चलेका दलालले हामीलाई बेचरेको होइन भनी बयान गराएर मुद्दालाई कमजोर बनाउन दलालका आफन्तले भारतको कोठीमा सम्पकए गरी चेलीहरु नेपाल फर्काउने गरेको नेपाल समाचारपत्रमा खबर छ । बेचबिखनमा संलग्न दलालहरुको सञ्जाल नै बनेको र एकअर्कालाई प्रहरीले समात्दा उनीहरु मार्फत बेचिएका चेलीलाई झिकाउने गरिएको पाइएको छ । यसरी कोठीबाट फर्काइएका चेलीलाई विभिन्न प्रलोभनमा पारेर प्रहरी तथा अदालत सामू ‘मलाई उसले बेचेको होइन, उसको कुनै पनि संलग्नता छैन र दोषीलाई म चिन्दिनँ,’ जस्ता भनाई दलालहरुले राख्न लगाउने गरेकेा बेचबिखन विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses