आगन्तुकलाई खुवाउन आफैं भान्सा पुगे राष्ट्रपति

१३ वैशाख, धनुषा । चार दिनसम्म आराम गरी आफ्नो पुख्यौली गाउँ धनुषाको सपहीबाट राजधानी फर्किएका राष्ट्रपति डा.रामवरण यादवको पछिल्लो भ्रमण निकै स्मरणीय र रमणीय बनेको छ । खाना पकाउने स्थानदेखि पीपलबोटको निरीक्षणसम्म आफैंले गर्दै राष्ट्रपति यादवले आङ्खनो गाउँ बसाइलाई रमणीय बनाएका हुन् ।
Rambaranराष्ट्रपति यादवको चारदिने बसाइमा उनको निजी निवासभन्दा ५० मिटर उत्तर–पश्चिममा रहेको उनको पुस्तौनी आँपको बगैंचामा निकै चहलपहल भयो । बगैंचामा रहेको आँपको रूखमुनि राष्ट्रपति यादवले आसन जमाएपछि बगैंचामा चहलपहल बढेको हो । बगैंचाको मध्य भागमा त्रिपाल ओछ्याएर ६ दर्जनभन्दा बढी कुर्सी राखिएको थियो, भेटघाटमा आउनेका लागि । माथि आँपको छहारी थियो ।
सुरक्षाकर्मीको कडा पहराबीच महिला पुरुष, बालबालिका, वृद्धवृद्धासहित सञ्चारकर्मीको चहलपहल पनि बाक्लै रह्यो । राष्ट्रपति यादव आरामका लागि सोमबार अपराह्न आङ्खनो जन्मथलो सपही आएदेखि राजधानी नफर्कंदासम्म आँपको बगैंचा निकै रमणीय बन्यो । चहलपहल पनि उस्तै लोभलाग्दो थियो । राष्ट्रपतिसँग भेटका लागि आउने आगन्तुकहरूमा बालबालिका तथा वृद्धवृद्धा, बालसखा, सहपाठी र सहकर्मीको संख्या अत्यधिक थियो । उनीहरूले राष्ट्रपतिको कुर्सीनजिकै बसेर निर्भीकतापूर्वक भलाकुसारी गर्ने अवसर पाएका थिए । भलाकुसारीको क्रममा बगैंचामै जनकपुरको विकास निर्माणसम्बन्धी विÈयमा पनि जमेर छलफल भयो ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायले पनि उनीसँग जनकपुरको विकास तथा निर्माणाधीन राममन्दिरबारे छलफल गरे । त्यसो त सपहीवासीलाई राष्ट्रपति यादवले गतिलो सन्देश पनि दिए । भेट्न आउने जोकोहीसँग घर–परिवारकै कुरामा समय खर्चिए राष्ट्रपतिले । भलाकुसारीका लागि यत्ति धेरै इच्छुक थिए कि, आगन्तुकको स्वास्थ्यलाई ध्यान दिएर आँपको बगैंचालाई रोजे । भतिजा जग्गेलाल यादव राष्ट्रपतिले यति धेरै भलाकुसारी गरेको जीवनमै पहिलो पटक भएको बताउँछन् । सपही आएदेखि बिहीबार जानकी मन्दिरको दर्शन र केही पत्रकारलाई अन्तर्वार्ता दिनुबाहेक फर्कंदासम्म पूरै समय भेटघाटमै बिताउनुभयो,’ भतिजा जग्गेले भने राजधानीमा खबर छ ।
 स्थानीयवासी पनि राष्ट्रपतिले हरेकका कुरा सुन्ने र आपूmलाई लागेजति एउटा अभिभावकजस्तै सल्लाह दिने गरेको बताउँछन् । प्राध्यापन पेसासँग आबद्ध विजय दत्तले राष्ट्रप्रमुख भएपछि पनि कुनै परिवर्तन नआएको सन्देश राष्ट्रपतिबाट पाएको बताए । ‘जनतासँग भेट गर्दा न सुरक्षा जाँच, न कुनै नियन्त्रण, जुन बेला पनि उहाँसँग भेट गर्न पाइन्थ्यो,’ उनले भने । गाउँ बसाइका क्रममा राष्ट्रपतिले आगन्तुकको हेरचाह पनि आफैं गरेका थिए । भेटका लागि आउनेलाई खानपिनकोसमेत व्यवस्था गरिएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.