नेपाली इन्जिनियर भुटानी जेलमा


१८ वैशाख, काठमाण्डौं । नेपालका इन्जिनियर यमुनाप्रसाद शाह भ्रष्टाचार आरोपमा दुई वर्षदेखि भुटानी जेलमा कैद छन् । ललितपुरस्थित जीईओसीई नामक कन्स्ट्रक्सन कम्पनीबाट आवासीय इन्जिनियरका रुपमा काम गर्न भुटान पुगेका साहलाई फसाएर जेलमा हालिएको दाबी उनकी पत्नी मीनाले गरेकी छन् । पतिलाई भुटानी ठेकेदारले मिलेमतोमा फसाएर जेलमा राखिएको भन्दै मीनाले उद्धारका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयमा निवेदन दिइएकी छन् । जनकपुर स्थायी घर भएका शाह भष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २०६८ वैशाख ८ गतेदेखि भुटानी जेलमा कैद भुक्तान गरिरहेको अन्नपूर्ण पोष्टमा खबर छ । मीनाले २०६८ फागुन ११ गते पतिको उद्धार गरिपाउँ भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै निवेदन दिएकी थिइन् । उनले त्यसयता आफू लगातार परराष्ट्रमा भइरहेपनि पति फर्काउन कसैले पहल नगरेको गुनासो गरेकी छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.