सडक भत्काएर पार्किङस्थल ! (फोटोफिचर) कालोपत्रे नभएसम्म कारबाही छैन : प्रहरी

६ बैशाख, काठमाडौं । फराकिलो पार्न भन्दै भत्काइएका राजधानीका सडकमा पहिले जहाँ गाडी गुड्थे, अहिले पनि त्यही स्थानमा गाडी चलिरहेका छन् । छेउछाउका घर एवं संरचना भत्काएर बनाइएको चौडा सडकमा गाडी चल्दैनन् । बढाएर चौडा बनाइएको सडकमा सवारी दौडाउनुको साटो पार्किङ गर्न थालिएको छ । राजधानीका ठूला-साना गरी डेढसयभन्दा बढी ठाउँमा सडक विस्तारको काम भैरहेको छ ।1
सडकलाई चौडा र फराकिलो बनाउन भन्दै एक वर्षदेखि शुरु भएको विस्तार अभियानअन्तर्गत करिब दुई सय किलोमिटरमा घर, पर्खाल र भित्ता भत्काइएको छ । बिजुली-टेलिफोनको पोल सार्ने, ढल खन्ने, पर्खाल बनाउने, सम्याउने, पिच गर्ने काम पनि धमाधम भैरहेको छ । तर, वर्ष दिनमा दुईसय किलोमिटर भत्काएको ठाउँमा जम्मा १५ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।2
कालोपत्रे नभएका ठाउँ चाँहि यतिबेला सवारी साधन पार्किङ गर्ने स्थल जस्तै भएको छ । काठमाडौंमा उसै त पार्किङ गर्ने ठाउँको समस्या छ, खाली ठाउँ देखेपछि त सवारी चालकलाई झनै सजिलो हुने नै भयो । त्यसैले विस्तारित सडकका अधिकाँश छेउकुनाका खाली ठाउँहरु सवारी साधन गुडान हैन, पार्किङ गर्न मात्रै प्रयोगमा आइरहेको छ ।
कालोपत्रे नभएसम्म कारबाही छैन : प्रहरी
यसरी जथाभावी पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले खासै कार्वाही गरेको देखिँदैन । ‘कालोपत्रे सडकमा जथाभावी पार्किङ गर्नेमाथि कार्वाही भैरहेको छ, तर कोलोपत्रे नभएका सडकमा पार्किङ गर्नेलाई चाहिँ कार्वाही गरिएको छैन’-ट्राफिक प्रहरी प्रवक्ता डीएसपी पवन गिरीले अनलाइनखबरसित भन्नुभयो । ट्राफिक प्रहरीको संख्या कम भएकाले पनि सबैतिर हेर्न नभ्याइएको उहाँले बताउनुभयो । विस्तार भएको सडक मर्मत तथा पुनर्निर्माणमा ढिलाइ भैरहँदा भत्काइएको खाली ठाउँ सवारी साधन पार्किङका लागि उपयुक्त थलो बनेको हो ।
3
4
5
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.