अझै २३ दशमलब ८ प्रतिशत नेपाली गरिबीको रेखामुनी !

२९ असार, काठमाण्डौं । मुलुकको विकास निर्माणमा परिचालन भएका आन्तरिक राजस्व र बाह्य सहायता दर बढ्दै गएपनि गरिबी भने त्यसअनुसार घट्न नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कुल जनसंख्याको २३.८ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि छ ।

कुल जनसंख्या दुई करोड ७२ लाखमध्ये अझै पनि ६४ लाख ७३ हजार जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वाषिर्क स्थिति समीक्षा २०७० सार्वजनिक गर्दै भने, ‘समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहे पनि उच्चदरको मुद्रास्पिmति, बढ्दो व्यापार घाटा, लक्ष्यभन्दा कम आर्थिक वृद्धि हासिल अर्थतन्त्रका चुनौति हुन् ।’

आर्थिक बर्ष २०६६/६७ मा सार्वजनिक गरिएको नेपाल जीवनस्तर मापन सर्वेक्षण तेस्रोले कुल जनसंख्याको २५.१६ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनी रहेको देखाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

जनसंख्याको आधा विद्यार्थी

सोही सर्वेक्षणले जनसंख्याको आधार स्कूले विद्यार्थी रहेको देखाएको छ । शिक्षा मन्त्रालयलाई स्रोतका रुपमा प्रयोग गरिएको सर्वेक्षणको तथ्यांक अनुसार देशमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीको संख्या १ करोड ५३ लाख ३० हजार ८ सय ९६ देखिएको छ । शिक्षा विभागका अधिकारीहरुले भने उक्त तथ्यांकको खण्डन गरेको कान्तिपुर दैनिकमा खबर छ । यता शिक्षा विभागको तथ्यांकमा भने देशमा कुल विद्यार्थीको संख्या ७२ लाख ७८ हजारमात्र छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.