सय किलो गाँजा बरामद


लहान - सप्तरीको सिमावर्ती औरही ४ बाट आज बिहान सशस्त्र प्रहरीको टोलीले एक सय किलो अबैध गाँजा बरामद गरेको छ।चार वटा पोकामा रहेको उक्त परिमाणको गाँजा भारततिर लगिँदै थियो। चार जनाले टाउकोमा बोकेर भारततिर लग्दै गरेको गाँजा सशस्त्रको टोलीलाई देखेर छाडेर भागेको सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ। सशस्त्र प्रहरी बेस क्याम्प पातोको इन्स्पेक्टर अर्जुन कुँबरको कामाण्डमा खटिएको टोलीलाई देखर पोका फ्याँकेर तस्करहरु भागेको सीमा सुरक्षा कार्यालयका डिएसपी टोप बहादुर खनालले बताए। तस्करले छाडेर गएको चार पोका गाँजा बरामद गरिएको खनालले बताए। फरार तस्करको खोजी भैरहेको उनले बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.