यौन सम्बन्ध राख्नुको रहस्य

कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषसंग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुंदो हो कि साथीको चित्त बुझाउन मात्र एउटाअनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, विनाकारणको टाउको दुखाईमा पर्न नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षणबिताउन चाहन्छन् ।
उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित ’ह्वाई विमेन ह्याभ सेक्स ?’ (महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमापत्नीले पतिसंग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । योपुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिलेशुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेकोबताएकी छन् । अहिलेसम्मको मान्यता अनुसार पुरुषहरुलाई महिला यौन रुपमाआकर्षक (सुक्सुअली अट्याक्टिभ) लाग्छन् तर महिलाले पुरुषमा यस्तो कुनै कुराभेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्तालिए ।
त्यसमा महिलाले पुरुषसंग सुत्नु पर्नाका थुप्रै कारण बताए । एउटीमहिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्सईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौनसम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले केस्वीकारगरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्तिहुंदै जाओस् भनी पतिसंग यौन सम्बन्ध राखिन्छ । जीवनमा उल्लास छाओस् भनेरयौन सम्बन्ध राख्छ, एउटी महिलाले भनेकी छिन्- किनभने सेक्स गर्नु झगडा गर्नभन्दा बढी सजिलो छ । कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउकोदुखाई भगाउने उपचार रहेछ ।
अनुसन्धानमा केही महिलाले जे भने, त्यो प्रायलाईअनौठो लाग्छ सक्छ । एउटी महिलाले भनेकी छन्- मैले पुरुषसंग किन सम्बन्धराखें भने उसमाथि दया लागिरहेको थियो । करिव १० प्रतिशत महिलाले उपहारपाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिं आफ्ना लागिपुरुषले डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नु परेको बताए ।विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतयाआफ्ना ब्वाइफ्रेण्ड बाहेकका पुरुषसंग पनि शारीरिक सम्बन्ध बनाइसकेकोस्वीकार गरे । ती मध्ये कतिपयले आफ्नो सेक्सुअल परफर्मेन्स राम्रो बनाउनयौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्- मैलेब्वाइफ्रेण्डसंग किन यौन सम्पर्क गरें भने म आफ्नो यौन क्षमता अरु राम्रोबनाउन चाहन्थें । उक्त अुनसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढीआकर्षित, अग्ला, ओजनदार स्वर सुगन्धित शरीर भउको पुरुषसंग मरिहत्ते गर्छन् ।
मनोवैज्ञानिक अनुसन्धान अनुसार महिलाहरू मानसिक एवं भावनात्मक लोकमाजिउँछन् तर पुरुष शारीरिक एवं वैज्ञानिक आधारमा जिउँछन् । महिलाका लागिउनको कल्पना आधार हुन्छ भने पुरुषका लागि उसको मेहनत र क्रियालकपा ।महिलाको स्वभाव दिनेर बाँड्ने हुन्छ भने पुरुषको स्वभाव प्राप्त गर्ने रत्यसमाथि रजाई गर्ने हुन्छ । यस्तै कारणले गर्दा महिला-पुरुष एक-अर्काकाविपरीत हुन् र तिनको आवश्यकता, प्राथमिकता, इच्छा आदि पनि फरक छन् । तथापिदुवैमा एक-अ्रर्काप्रति प्रेम, आकर्षण र वासना हुन्छ । यही कुराले विपरीतभएर पनि उनीहरू एक-अर्काप्रति आकर्षित हुन्छन् । प्रकृतिले महिलालाई दिएकोकुरा पुरुषसित छैन र पुरुषसित भएको कुरा महिलासित छैन । अतः यी दुई बीचकोआकर्षण प्राकृतिक रुपमा पनि स्वभाविक छ । त्यसैले दुईबीच मिलन हुन्छ, आपसीमिलनबाट एक-अर्काको अधुरोपन पुरा गरी पूर्णता र तृप्ति हासिल हुन्छ । योमिलन वा मिलनको कल्पना मात्रले पनि महिला-पुरुष दुवै रोमाञ्चित हुन्छन्, व्यक्ति प्रेमले भरिन पुग्छ । अतः यौनको आनन्द प्राप्त गर्न र प्रेम अनुभवगर्न महिला पुरुष आ-आफ्नो तरिका अंगाल्छन् ।
महिला-पुरुषको मनोविज्ञानलाई मध्यनजर गरेर कुरा गर्ने हो भने पुरुषयौनकालागि प्रेम गर्छ भने महिला प्रेम प्राप्त गर्न यौनका लागि स्वीकृतिदिन्छन् । दुवैसित एक-अर्कालाई पूर्णता प्रदान गर्न बहाना र माध्यम उपलब्धछन् । पुरुष दर्साएर आफ्नो भागको यौन सुख हासिल गर्छ भने महिला यौन सुखअनुभव गरेर वा यौनलाई स्वीकार गरेर आफ्नो भागको प्रेम प्राप्त गर्छिन् ।वास्तवमा यो प्रेम र यौनको आदान-प्रदानबाट महिला-पुरुष दुवैमा एक गहनतृप्ति जन्मन्छ जसले प्रेमलाई अरु प्रगाढ र गहिराइमा लान्छ । प्रेम र यौनएक-अर्काका पूरक हुन् । अन्य अर्थमा हेर्ने हो भने पनि यौन प्रेमकै एकमजबुत पक्ष हो, जसका माध्यमबाट प्रेमीले आफ्ना भावनालाई यौनका माध्यमबाटअभिव्यक्त गर्छ । यौनको अर्थ सम्भोग मात्र नभएर शारीरिक क्रिया र इसारासितपनि सम्बद्ध छ जसका माध्यमबाट व्यक्तिले आफ्नो प्रेम दर्शाउँछ जुन कुरालाईशब्दमा व्यक्त गर्न सकिंदैन, त्यसलाई शारीरिक क्रियाका माध्यमबाट व्यक्तगर्न यौनले अवसर प्रदान गर्छ । मनको सम्बन्ध विना तनको सम्बन्धको कुनै अर्थहुंदैन तर यदि आपसमा मानसिक सम्बन्ध राम्रो छ भने साथीको स्पर्श, चुम्बन, आलिङ्गन आदि आनन्ददायक अनुभव हुन्छ । आपसमा प्रेम छ भने त्यसलाई व्यक्तगर्न व्यक्तिले यी कुरालाई माध्यम बनाउंछ वा यी कुराले प्रेम सम्बन्धमाथाहै नपाई स्थान बनाउंछ । प्रश्न उठ्छ प्रेम भएर पनि यौन हुंदैन वा नहुनेसम्भावना रहन्छ र आत्माको धरातलमा यसो हुन सक्छ तर साधारण भौतिक वासांसारिक धरालतमा यस्तो सम्भव छैन । महिला-पुरुषबीच स्वाभाविक आकर्षण छ भनेइच्छा र इच्छाले तृप्तिको बाटो खोल्छ तर व्यक्तिले आफ्नो तृप्तिका लागिरोज्ने बाटो फरक हुने कुरा बेग्लै हो । किनभने विना प्रेम यौन सम्पर्कगर्नु एक प्रकारको बलात्कार हो । तर जो आफ्नो यौन सम्पर्क गर्दैन वा गर्नसक्षम हुंदैन, उसले आफ्नो शारीरिक तृप्तिका लागि अन्य माध्यम रोज्छ तन रमनले उसलाई आफ्नो इच्छा पूरा गर्न प्रेरित गर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.