निर्बाचन सरकारलाई सबैले सहयोग गर्नुपर्छ : पोखरेल

नेपालगन्ज, चैत २९- नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग निर्वाचनबाहेक अरु कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। प्रेस चौतारी बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, "निर्वाचनका लागि गठन भएको सरकारलाई सबै दलले सहयोग गर्नुपर्छ।"

सहमतिमा गठन गरिएको सरकारको विरोध गर्नुको कुनै अर्थ नहुने बताउँदै नेता पोखरेलले भने- आफैं सहमति गर्ने अनि त्यसको बर्खिलापमा बोल्दै हिँड्ने काम राजनीतिक बेइमानी हो।
आफ्नै प्रस्तावमा बनेको सरकारलाई मङ्सिरसम्म टिक्ने नदिने कुरा गरेर एमाओवादीले राजनीतिक बेइमानी गर्न खोजेको टिप्पणी गर्दै उहाँले असारमा सम्भव नभएको निर्वाचन मङ्सिरसम्म गर्नैपर्छ भने। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.