राष्ट्रपतिको स्वास्थ्य सामान्य
काठमाडौं- टोकियो विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य सामान्य रहेको छ। उक्त विश्वविद्यालयका प्रा तोसिआकी वातानावे नेतृत्वको विशेषज्ञ टोलीले गरेको सबै परीक्षणबाट राष्ट्रपतिको स्वास्थ्य सामान्य देखिएको प्रा वातानालाई उद्धृत गर्दै टोकियोस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रप्रमुख डा यादवले साबिकबमोजिम भोजन गरिरहनुभएको तथा उहाँ पूर्ण रुपमा स्वस्थ रहेको पनि दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
0 comments
Write Down Your Responses