सर्वोच्चको इजलाशमा सञ्चारकर्मीलाई प्रवेश रोक


काठमाडौं । सर्वोच्च अदालतले नियमित प्रवेश पासमा सञ्चारकर्मीहरुलाई समाचार संकलन गर्ने प्रयोजनका लागि इजलाशमा प्रवेश गर्न मंगलवार रोक लगाएको छ । पत्रकार घनश्याम खड्का र न्यायाधीश गिरिश चन्द्रलालीचको विवादले न्यायालय असुरक्षित भएको भन्दै सर्वोच्च प्रशासनले इजलाशमा जान नदिन भनेपछि सुरक्षाकर्मीहरुले रोकेका हुन् । मंगलवार समाचार संकलनका लागि सर्वोच्च पुगेका पत्रकारहरुलाई अदालतको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले नियमित परिचयपत्रले प्रवेश गर्न नमिल्ने प्रत्येक इजलाशका छु्ट्टाछुट्टै पास ल्याउनु भन्दै रोकेका थिए । यसअघि पत्रकारहरुलाई इजलाशहरुमा भएका वहस सुन्न, लेख्न र मुद्दाहरुको अवस्थाको वारेमा जानकारी लिने अवरोध गरिएको थिएन । पूर्व मुख्य सचिव लोकमासिंह कार्कीको मुद्दा सुनुवाई भइरहेको समयमा सोमबार पत्रकार खड्कालाई न्यायाधीश लालले पेशाक अर्मयादित भएको भन्दै इजलाशवाट बाहिर जान आदेश दिएका थिए । न्यायाधीशको आदेशले आˆनो अपमान भएको भन्दै खड्का कामु प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश लालको निजि कक्षमा प्रवेश गरि खड्काले इजलाशवाट वाहिर पठाउनुको कारण र सर्वोच्चको ड्रेसकोडको वारेमा प्रश्न उठाएका थिए । सोमबारको घटनाले अदालत र न्यायाधीशहरुलाई असुरक्षाको खतरा भएको भन्दै सर्वोच्चले इजलाशमा जान नदिएको सर्वोच्च अदालतका रजिष्ट्रार लोहितचन्द्र साहले बताउनु भयो । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.