समाचार
»
बस लुटपाट आरोपमा पक्राउ
बस लुटपाट आरोपमा पक्राउ

सर्लाही, वैशाख १३ - दश दिन अघि पूर्व पश्चिम राजमार्गवाट यात्रु बस नियन्त्रणमा लिई १५ लाख भन्दा बढी धनमाल लुटेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पत्थरकोट गाविसका पूर्णबहादुर वाईवालाई बिहीवार अदालतबाट म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । नारायणघाटवाट काँकडभिट्टा जाँदै गरेको ना३ख ८०८६ नम्बरको रात्री वसमा यात्रु बनेर चढेका दुईजनाले हतियार देखाई लुटपाट गरेका थिए । राजमार्गवाट झण्डै डेढ किलोमिटर उत्तर जंगलमा लगेर यात्रुवाट नगद, गहना समेत १५ लाख भन्दा बढी लुटिएको थियो । राजमार्गमा यात्रु बस नियन्त्रणमा लिई लुटिएको घट्नाका दोषि पक्राउ गर्न प्रहरीले ठूलो जनशक्ति परिचालन गरेको थियो । सादा पोसाकमा समेत प्रहरी खटिएका थिए । पक्राउ परेको वाईवालाई वसका चालक, कन्डक्टर र सहचालकले सनाखत गरेको केशरगंज इप्रकाका निरीक्षक यज्ञ भट्टराईले वताए । 'लुटिएका यात्रुले समेत लुटेराको फोटो हेरेर सनाखत गरेका छन,' उनले भने, 'लुटपाटमा संलग्न अन्यको खोजी जारी छ ।' वारा जिल्लाको निजगढवाट ढल्केवर सम्म जाने भनेर यात्रुको रुपमा चढेका दुईजनाले बस नियन्त्रणमा लिई सर्लाही खण्डमा लुटेकाले लुटेरा स्थानीय भएको शंकामा प्रहरीले खोजी जारी राखेको थियो । पक्राउ परेका वाईवाको सनाखत भईर् अदालतवाट म्याद थपपछिमात्र प्रहरीले सार्वजनिक गरेको हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses