पूर्व सभासद्को घरमा चर्पी छैन
कपिलवस्तु, वैशाख १३ - सर्बसाधारणको त कुरै छाडौं सभासद् भईसकेकाको घरमा शौचालय छैन् । गत संविधानसभामा एमाओबादीका तर्फबाट सभासद् भएकी ईन्द्रमती यादबको ६ कोठे पक्की घर छ । तर शौचालय छैन् । महराजगंज-ईमिलिया ग्राबेल सडकखण्ड अन्तर्गत हरिहरपुर -४ पचिगवामा रहेको घरमा यादब परिवारले चर्पी निर्माण गरेका छैनन । गाबिसलाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत गाउ स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समितिका पदाधिकाले गाउमा अनुगमन गर्दा उनको घरमा शौचालय नरहेको पाइएको समिति सदस्य थानेश्वर घिमिरेले बताए । ठूलो चिटिक्क परेको पक्की घर छ, । घरमा शौचालन नदेखेपछि भेटेर बनाउन आग्रह गरेको गाबिस सचिब टिकाराम अर्यालले बताए । उनलाई शौचालय बनाउन ताकेता गर्दै आएको उनले बताए । गाबिसले अनुदान स्बरुप दिने चर्पी को पक्की सिट र पाईप लिन उनी अझै नआएको सचिब अर्यालले बताए । उनले शौचालय बनाए नबनाएको अबलोकन गर्न साता पछि गाउ जाने बताउदै नबनाएको भए ताकेता गरेर बनाउन लगाउने बताए । तर यादवले १० दिन भित्र शौचालय बनाउने बताएको उनको भनाई उद्धृत गर्दै सचिब अर्यालले बताए । माईती हरिहरपुर ५ नौडिहबामा बस्दै आएकी उनी १ बर्ष देखि नया घरमा बस्दै आएकी छिन् । १ हजार १ सय ३६ घर रहेको गाबिसमा उनले मात्रै शौचालय बनाउने सुरसार गरेकी छैनन् । गाबिसका गरिब र बिपन्न अधिकान्सले बनाईसकेका छन् भने १५/२० जनाको निर्माण कार्य अन्तिम चरण पुगेको छ । अरु सबैले शौचालय बनाई सकेका छन् । बैशाख भित्र गाबिसलाई खुल्ला दिशामुक्त घोषणा गर्न जोडतोडका साथ शौचालय बनाउने काम भईरहको छ ।



0 comments
Write Down Your Responses