भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
साझा यातायातबाट हवाईयात्रुलाई समेत लाभ
१ बैशाख, काठमाडौं । १२ वर्षपछि राजधानीमा पुनः शुरु भएको साझा यातायातले काठमाडौंको सडकमा गुड्नेलाई मात्र होइन, हवाईजहाजमा उड्ने यात्रुलाईसमेत सहज र सुविधा बनाएको छ । कलंकी-कालिमाटी-बानेश्वर-तीनकुने-सिनामंगल हुँदै चल्ने रुट नंम्वर १ को साझा बस एयरपोर्टभित्र सम्म पुगेर सोही रुट र्फकने गर्छ ।
अहिलेसम्म अरु सार्वजनिक यातायात यसरी एयरपोर्टको मूलगेटबाट भित्र पस्न पाउँदैनथिए । जसको कारण देशबिदेश जाने यात्रुहरुले ट्याक्सीमा महंगो भाडा तिर्नुपर्ने बाध्यता छ । चक्रपथस्थित एयरपोर्टबाट हिँडेर विमानस्थलसम्मको दूरी टाढै भएकाले झोला र पोकापन्तुरा बोकेर पैदल हिँड्न सकिँदैन । बिमानबाट ओर्लेर र्फकनेबेलाको हालत पनि यही हो । त्यसमाथि एयरपोर्टका ट्याक्सीले जथाभावी मनपरी ढंगले पैसा असुल्ने गरेको भन्दै यात्रु हैरान हुँदै आएका छन् ।
ट्याक्सीको मात्र मनपरी रहेको एयरपोर्टमा ट्याक्सीपार्क भएको ठाउँसम्म साझाबस पुग्ने भएपछि यसले यात्रुलाई ठूलो राहत पुगेको छ ।
शनिबार औपचारिक उद्घाटन भएको साझाले आइतबार बिहानदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ ।
Powered by Blogger.
0 comments
Write Down Your Responses