निर्वाचन आयोगलाई जापानले दियो ५० थान सर्भर कम्प्युटर


२६ चैत, काठमाडौं । जापानको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपालको निर्वाचन आयोगलाई प्राबिधिक सहयोग गरेको छ । जाइकाका प्रतिनिधिले सोमबार प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ५० थान सर्भर कम्प्युटर र १० थान ब्याकअपसहितको सोलार सेट हस्तान्तरण गरेका छन । ब्याकअपसहितका यी सर्भर ५० वटा जिल्ला निर्वाचन कार्यालयमा राखिने छ । जाइकाले अघिल्लो बर्ष २५ थान सर्भर कम्प्युटर सहयोग गरेको थियो । योसहित अब सवै जिल्ला निर्वाचन कार्यालय सर्भरयुक्त भएका छन । सन् २००६ देखि निर्वाचन आयोगलाई सहयोग सुरु गरेको जाइकाले बिगतमा कम्प्युटर हार्डवयेर, सफ्टवेयर र तालिम लगायतका सहयोग गर्दै आएको जाइका नेपाल कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.