बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई बेलायतको एक पत्रिकाले शताब्दी नायकको पहिलो स्थानमा राखेको छ । सो पत्रिकाले गरेको सर्वे अनुसार बीग बी अर्थात अमिताभ बलिउडका सर्वाधिक चर्चित कलाकार हुन् । बलिउड एक सय बर्ष पुगेको अवसर पारेर गरिएको सर्वेक्षणमा अमिताभले सबैलाई उछिनेका हुन् ।बलिउडमा ४० बर्ष बिताइसकेका अमिताभ पछि दोश्रो स्थानमा अर्का चर्चित कलाकार दीलिपकुमार छन् । यस्तै बलिउडकै सर्वाधिक लोकपि्रय कलाकारको सूचिको तेश्रो स्थानमा रोमान्सका बादशाह साहरुख खानलाई राखिएको छ । साहरुख विश्वमै चर्चित नायकको रुपमा चिनिन्छन् । बलिउडमा २० बर्ष भन्दा बढि समय बिताइसकेका साहरुखले ७५ वटा सिनेमामा अभिनय गरिसकेका छन् । सूचिको चौथो स्थानमा सुन्दर नायिका मादुरी दिक्षित छन् । बलिउडका चर्चित २ खान सलमान र आमिर सूचिको टप टेनमा पनि परेका छैनन् । पत्रिकाले गरेको सर्वे अनुसार आमिर १४ औ स्थानमा छन् भने सलमान ११ औ स्थानमा छन् । सुचिको ९६ औ स्थानमा सुन्दर नायिका कटि्रना कैफलाई राखिएको छ ।
अमिताभ शताब्दी नायक, दीलिपकुमार र साहरुख दोश्रो र तेश्रो स्थानमा
Powered by Blogger.
0 comments
Write Down Your Responses