महाराजगञ्जको गेस्ट हाउसमा आगलागी, एक घाइते

१४ साउन, काठमाण्डौं । काठमाण्डौंको महाराजगञ्जमा रहेको आरसिटी क्याफे एन्ड गेस्टहाउसमा आगलागि भएको छ । खाना पकाउने ग्यास विष्फोट भएर आगलागि भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शीव पोखरेलले जानकारी दिनुभयो ।

आगलागिमा परी गेस्टहाउस सञ्चालक रञ्जु हुमागाई घाइते भएकी छन् । उनको हात र ढाडमा आगोले पोलेर चोट लागेको छ । उनको महाराजगञ्ज टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.