'ध्रुवे' नियन्त्रणका लागि १६ लाख खर्च

चैत २६- पन्ध्र जनाको ज्यान लिएको हिंस्रक ध्रुबे हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले रु १६ लाख खर्च गरेको छ।आज निकुञ्जको मुख्यालय कसरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निकुञ्जले माडीलगायत देशका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती पुस १५ गतेदेखि निकुञ्जको सम्पर्क बाहिर रहेको पनि जानकारी दिइयो।

निकुञ्जका अनुसार गत माघ २४ गते पर्साको निर्मलवस्ती क्षेत्रमा रेडियो कलरको सिग्नलले हात्ती देखाएको थियो। प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले ध्रुबे हात्तीको बारेमा पछिल्लो समय कुनै जानकारी नभएको बताए।
उनले निकुञ्ज संरक्षणका लागि भइरहेका विभिन्न गतिविधिका बारेमा पनि जानकारी दिएका थिए। कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले सो क्षेत्रको विकासका लागि विनियोजित बजेट निकासा नभएको भन्दै गुनासो गरे।
निकुञ्जका रेञ्जर विष्णु थपलियाले निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापनका लागि सञ्चालित कार्यक्रमहरू प्रभावकारी भएको बताएका थिए। यस्तै सो कायक्रममा जानकारी दिएअनुसार अघिल्लो आर्थिक वर्र्षको फागुनसम्मको तुलनामा यस वर्षको फागुन महिनासम्ममा निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या घटेका छन्। अघिल्लो वर्ष एक लाख २० हजार पर्यटकले अवलोकन गरेका थिए भन यो वर्ष एक लाख सात हजारले मात्रै अवलोकन गरेका छन्। पर्यटक घटे पनि राजस्वमा बढाइएको मूल्यले निकुञ्जको आम्दानी भने बढेको छ। चालु आथिर्क वर्षको फागुन मसान्तसम्म रु १२ करोड ३४ लाख राजस्व सङ्कलन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.