सेवाग्राहीलाई सास्ती होइन उचित सेवा देऊ : मन्त्री कोइराला
१४ बैशाख, हेटौँडा । अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आफू सधैं उदार अर्थतन्त्रको पक्षपाती रहेको वताउनु भएकेा छ ।

विभिन्न निकायको निरीक्षण भ्रमण क्रममा शुक्रवार मकवानपुर पुग्नु भएका मन्त्री कोइरालाले सेवाग्राहीलाई सास्ती दिएर मन्त्रीको शिर निहुराउने काम नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री कोइरालाले उद्योग, कलकारखाना सञ्चालनमा आएका व्यवधान हटाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री कोइरालाले सिमेन्ट कारखाना निर्माण स्थलमा बिजुली, यातायात पुर्याउने सरकारी प्रतिवद्धता पूरा गर्न बजेट अभाव हुन नदिने विश्वास दिलाउनु भयो ।
उद्यमी व्यवसायीहरुले भने सरकारी निकायबीच तालमेल नहुँदा त्यसको मार आफूहरुले भोग्नु परेको गुनासो गरेका छन् । उनीहरुले उर्जाको अभावमा आफूहरु उद्योग चलाउन नसक्ने अवस्थामा पुगेकाले आफ्ना माग तत्काल सम्बोधन गर्न माग गरेका थिए ।



0 comments
Write Down Your Responses