आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै


६ वैशाख, काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम आजदेखि सुरु भएको छ । जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब ३७ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब ३४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य अनुसार आज र भोली यो अभियान सञ्चालन गरिएको बालस्वास्थ्य महाशाखाले जनाएको छ । औषधि खुवाउने कार्यका लागि ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बालस्वास्थ्य महाशाखाका दीपकराज चौलागाईँले जानकारी दिनुभयो । सबै नगरपालिका तथा गाविसका हरेक वडामा तोकिएका केन्द्रमा ती औषधि खुवाउने व्यवस्था मिलाइएको छ । बाल मृत्युदुर घटाउन र भिटामिन ए को कमीबाट हुने आँखासम्बन्धी रोग रोकथाम गर्न सो औषधि खुवाउने कार्य हुँदै आएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.