पूर्व सैन्य शासक मुशर्रफ पक्राउ


पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुशर्रफ शुक्रबार आत्मसमर्पण गरेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले इस्लामावादको स्थानीय न्यायालयाम पेश गरेको छ । प्रहरीले उनलाई इस्लामावाद नजिकैको उनकै निबासबाट नियन्त्रणमा लिएको थियो । प्रहरी घेराका बीच अदालतमा उपस्थित गराउँदा मुशर्रफ निकै चिन्तित देखिएको बीबीसीले जनाएको छ । अदालतले बिहीबार मात्र जमानत खारेज गर्दै मुशर्रफलाई पक्राउ गर्न आदेश दिएको थियो । सन् २००७ मा सत्तामा रहेका बेला सर्वोच्च अदालतका न्यायाधीशलाई गैर कानुनी रुपमा हिरासतमा राखेको आरोपमा अदालतले मुशर्रफलाई पक्राउ गर्न आदेश दिको हो । आदेश दिँदा अदालतमै उपस्थित मुशर्रफ लगतै भागेका थिए । तर, अदालतमै रहेका पक्राउ नगरेकोमा इस्लामावादका प्रहरी प्रमुखलाई आज अदालतमा उपस्थित हुन भनिएको छ । सन् २००८ मा सत्ताबाट हटेपछि मुशरर्फले देश छाडेका थिए । उनी हालै मात्र स्वदेश फर्किएका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.