बंगलादेशमा ८ तले घर भत्कियो, ७० को मृत्यु
११ वैशाख, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा ८ तले घर भत्किँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । अझै केही मानिस फसेको आशंका गरेको छ । घटनामा २ सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । घाइतेहरुको उद्धारमा सेनासहितको टोली जुटेको छ । शहरको बाहिरी इलाका सावामा रहेको राना प्लाजा भत्किएको हो । जहाँ, एक कपडा फ्याक्ट्री र बैंक पनि थियो । मानिसहरुको ठूलो भिड रहेको समयमा भवन भत्किएको बीबीसीले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses