जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान
मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिन म्याद थपेको छ।
म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी
नायब उपरीक्षक श्याम अधिकारीले बताए।
मीनाका विरुद्ध उनका श्रीमान्
कृष्णबहादुर पौडेलले आफ्नो ११ महिने छोरालाई जङ्गलमा छाडेर मार्ने प्रयास
गरेको जाहेरी प्रहरीमा दिएका छन्। मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको
जङ्गलमा मङ्गलबार दिउँसो ४ बजे छोरालाई छाडेर मीना फलेवासमा प्रेमीसँग रात
बिताउन गएकी थिइन्।
जङ्गलमा फालेको २० घण्टापछि प्रहरीले आफन्तको सहयोगमा बच्चालाई जीवितै उद्धार गरेको थियो।
११ महिने छोरालाई जंगल छाड्ने आमाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
पर्वत- प्रेमीलाई खुसी पार्न काखमा हुर्काउँदै
गरेको ११ महिने छोरालाई जङ्गलमा छाड्ने एक निष्ठुरी आमाविरुद्ध ज्यान
मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। एघार महिने छोरा भिष्म पौडेललाई
जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना
पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा
मुद्दा दर्ता गरिएको हो।
|
0 comments
Write Down Your Responses