फिल्म खेलाई दिन्छु भन्दै धेरै सेक्स का प्रस्ताब आए -एञ्जिला कार्की (नायिका तथा मोडल)

टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग अनलाइनखबरका लागि बिजय आवाजले गरेको कुराकानी ।
कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।


देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?
म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।
कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?
जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।
कहिलेदेखि सेक्सको अनुभूति भयो ?
मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्छ । ममा सेक्सको अनुभूति नै आएको छैन ।
प्रेम कत्तिको गरियो ?
स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।
आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?
मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।
के कुराको स्पर्शले यौन चाहना बढ्छ ?
यस्तो कुराको अनुभव नै छैन ।
सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?
सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।
कस्तो पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ ?
हाफ पाईन्ट, वान पिसमा म सेक्सी देखिन्छु । तर मान्छेको हेराई मुख्य हो ।
सिनेमामा कत्ति सम्मको दृश्य दिने सोच छ ?
मैले अहिलेसम्म त्यस्तो दृश्य दिएको छैन । म मेहनत गरेर अगाडि बढ्छु । म त्यस्तो गर्दिन । पुरै टु पिस त म दिँदै दिन्न । परिवारसगै बसेर हेर्ने खालको दृश्य दिन्छु म ।
पहिलो चुम्बन याद छ ?
मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।
निलो सिनेमा हेर्नु भएको छ ?
मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।
भुत प्रेतमा विश्वास छ ?
मलाई भुत प्रेतमा एकदमै विश्वास लाग्छ । भुतको फिल्म हेरेर सुत्न डर लाग्छ ।
यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ?
खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।
युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ?
मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ रे । तर मलाई चाहिँ थाहा भएन ।
मेकअप कत्तिको गरिन्छ ?
मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु । धेरैजसो पैसा मेकअप मा नै सकिन्छ ।
सपिङ कत्तिको जानुहुन्छ ?
युवतीहरुलाई बजारमा जे आयो त्यही नै चाहिन्छ । यसैले पनि सपिङ त गईन्छ नै । म प्रायः जुत्तामा बढी रकम खर्च गर्छु ।
नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?
मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।
नेपालको कुन नायकसँग डेटमा जान मन छ ?
आर्यन सिग्देलसँग डेटमा जान मन छ ।
नेपालको कुन हिरोले आकर्षण गर्छ ?
जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।
कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । मेरो शरीर छि भन्ने खालको चाहिँ छैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.