ग्यास बिक्रेताले अन्य सामग्री बेच्न नपाउने

४ जेठ, काठमाडौं । सरकारले ग्यास बिक्रेताले ग्यास बाहेकका अन्य दैनिक उपभोग्य सामग्री बेच्न नपाउने नयाँ व्यवस्था गरेको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले चामल, दालजस्ता सामग्री बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएको छ ।
ग्यास, रेगुलेटर, चुल्हो, रेगुलेटर पाइप, तिनको मर्मतसम्भारलगायत कार्य गर्न ग्यास बिक्रेतालाई सुविधा दिइएको तर अन्य वस्तुको कारोबारमा रोक लगाइएको वाणिज्
य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले बताउनुभयो । “असार १ गतेदेखि दुई रङका सिलिन्डरको प्रयोगसँगै ग्यास र त्यससम्बन्धी वस्तुको कारोबार एउटै पसलबाट मात्र हुनेछ” – पानदेखि पानी पसलेले समेतले ग्यासको कारोबार गर्दै आएकाले एकै स्थानबाट मात्र बेचविखन गर्न तथा ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न त्यस्तो निर्णय गरिएको जानकारी दिँदै सचिव जोशीले भन्नुभयो ।
हाल नेपालभर १३ लाख ग्यास सिलिन्डर प्रयोगमा रहेका बताइएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.