डनहरुलाई पक्राउ नगरी मुद्दा चलाइने

लाई पक्राउ नगनएका लागि चलखेल भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पनि सहमति जनाएपछि एक दुई दिनमै मुद्दा चलाउन लागिएको हो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि नभ्याएपछि आइतबार वा सोमबार मुद्दा दर्ता गर्न लागिएको हो । दीपक मनाङे, गणेश लामा, चक्रे मिलन, परशुराम बस्नेत र अभिषेक गिरीमाथि मुद्दा चलाउन लागिएको नयाँ पत्रिकामा खबर छ । ‘सरकारी वकिलको कार्यालयबाट मुद्दा चलाउन सहमित आइसकेको छ,’ विभागका एक अधिकारीले भने, ‘एक दुई दिनमै मुद्दा दर्ता हुनेछ ।’ स्रोतका अनुसार मिसिलका पन्नाहरुमा समेत मुद्दा दायर गर्नका लागि छाप लगाइसकिएको छ ।
0 comments
Write Down Your Responses