२४ सै घन्टा बिजुली पाउने भाग्यमानी !

२१ वैशाख, काठमाण्डौं । विद्युत प्राधिकरणले सर्वसाधारणका लागि दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ । तर, राजधानीमा यस्ता पनि ठाउँ छन्, जहाँ प्राधिकरणले २४ घन्टा बिजुली उपलबध गराईरहेको छ । २४ घन्टा बिजुली पाउने र दिनमा १४ घन्टा मात्र बिजुली पाउने उपभोक्ताको महशुल दर भने एउटै छ ।
प्राविधिक रुपमा प्रणालीमा समस्या आउँदा बाहेक डेडिकेटेट फिडरबाट आपूर्ति दिइएका कार्यालयमा २४ घन्टा विजुली आउँछ, लोडसेडिङ हुँदैन् ।
प्राधिकरणले प्रमुख प्रशासनीक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतलनिवास, पूर्वराजकुमारी प्रेक्षा राज्यलक्ष्मीको निवासमा २४ सै घन्टा बिजुली दिइएको नयाँ पत्रिकामा खबर छ । नागार्जुन दरबारमा भने लोडसेडिङको बेला प्रयोग गर्ने जेनेरेटरको व्यवस्था छ ।
प्राधिकरणले ती कार्यलय तथा निवासमा सवस्टेसनबाट सीधै बिजुली दिएको हो । लोडसेडिङ सुरु भएपछि डेडिकेटेट फिडरको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.