पूर्वाञ्चलवासीलाई सपना बाँडे दाहालले

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


Prachanda
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा निर्वाचन केन्द्रित गरेर पूर्वाञ्चलवासीलाई सपना बाँडेका छन् । मजदुर दिवसको अवसरमा बुधबार इटहरीमा भएको जनसभामा दाहालले चीन र भारत भ्रमणको सन्दर्भलाई जोडेर सपना बाँडे । भाषणमा कांग्रेस र एमालेको उछितो काड्ने उनले नामै लिएनन् । दाहालले पूर्वाञ्चलमा भौतिक पूर्वाधारका लागि चीन र भारतसँगै थुप्रै माग राखेको उल्लेख गर्दै ती माग पूरा हुने आश्वासन दिए । विभिन्न आयोजनाको टिपोट बोकेर मञ्चमा रहेका दाहालले 'भन्न छुटाँएछु' भन्दै फेरि दुई आयोजनाको नाम पनि थपे । दाहालको सम्बोधनले चुनावमा जनतालाई आश्वासन बाँड्न सुरुवात गरेजस्तो देखियो । दाहालले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग चलाउन विद्युत् अभाव रहेको बताउँदै भारतसँग ५० मेगावाट विजुली भाग गरेको उल्लेख गरे । विराटनगरको जुटमिल चलाउने वातावरणका लागि पहल गर्न पनि आग्रह गरेको उनले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एमाओवादीबाटै भ्रष्टाचार गरेको सार्वजनिक भइरहँदा दाहालले पूर्वाञ्चलमा पनि अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने आश्वासन दिए । 'हामीलाई बहुमत दिनुस्, हाम्रो सरकार बनेपछि पूर्वाञ्चलमा पर्यटकलाई सजिलो बनाउन अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्छौं,' उनको भनाइ थियो । दाहालले मोरङको कटहरुमिा विद्युत् सव स्टेशन राख्नका लागि नेपाल सरकार र विद्युत् प्राधिकरणलाई पार्टीको तर्फबाट आग्रह गर्ने बताए । उनले किमाथाङ्कादेखि मोरङसँग लिंक रोड निर्माणका लागि चीनलाई अनुरोध गरेको उल्लेख गरे । आधा दर्जन विकासे सपना बाँडेर बिदा भएका दाहाल फेरि फर्किए । भने, 'अघि छुटाएँछु मैले भारतसँग अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव राखेको छु ।' दाहालले इटहरीमा अघिल्लो संविधानसभा निर्वाचनमा दिएको आश्वासन पूरा हुन नसकेको सम्भिmए । 'इटहरीका सुकुम्बासी परिवारलाई लालपुर्जा दिने अघिल्लो पटक भएको संविधानसभा चुनाव अगाडि नै हामीले भनेका थियौं, पूरा भएको छैन,' उनले फेरि आश्वासन दिए, 'उच्चस्तरीय राजनीतिक समितिको तर्फबाट सरकारलाई आग्रह गरिनेछ ।' गत संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको आमसभामा एमालेको गढ रहेको सुकुम्बासी बस्तीका परिवारलाई दाहालले लालपुर्जा दिने आश्वासन दिएपछि जनमत एमाओवादीतिर गएको थियो । तर पनि चुनाव भने एमालेका स्थानीय नेता धर्मराज निरौलाले जितेका थिए । मजदुर दिवसको अवसरमा भएको कार्यक्रममा दाहालले मजदुर हक हितका कुरा भने उच्चारण गरेनन् । उनले एमाओवादी नेतृत्वमा बन्ने चुनावी मोर्चाले अबको चुनावमा दुई तिहाई ल्याउने विश्वास व्यक्त गरे ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.