पढाई सुधार्न मीत लगाउँछन् विद्यार्थी


२० वैशाख, काठमाण्डौं । नेपाली समाजमा मीत लगाउने प्रचलन नयाँ होइन् । मित्रताको सम्बन्ध प्रगाढ बनाउने मीत लगाउने चलन अहिले पनि हराएको छैन् । तर, झापामा भने पढाई सुधार्न मीत लगाउने नयाँ तरिका अपनाउन थालिएको छ । महारानी झोडा २ स्थित स्कुलचौन उच्च माध्यमिक विद्यालयले पढाई सुधार गरी राम्रो नतिजा पाउन विद्यार्थीबीच मीत लगाउने चलन बसालेको हो । विद्यालयकी छात्रा झरना दाहाल कक्षामा सँधै प्रथम हुन्थिन् । उनकै कक्षाकी सरिता बस्नेत अलि कमजोर थिइन् । कक्षा ८ मा पढ्दै गर्दा तीन बर्ष अघि शिक्षकले उनीहरुको मीत लगाईदिए । त्युसपछि सरिताको पढाई सुधार्न झरनाले सहयोग गरिन् । मितिनीको सहयोगले सरिताको पढाईमा पनि धेरै सुधार आएको छ । यस बर्ष राम्रो अंक ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण हुनेमा दुबै ढुक्क रहेको अन्नपूर्ण पोष्टमा खबर छ । ‘मीत लगाए पछि हामी एउटै डेक्समा बस्न थाल्यौं, मैले जानेको कुरा उनलाई सिकाईदिन थालेँ,’ झरनाले भनिन्, ‘दुबैले छलफलपछि मात्र शिक्षकलाई प्रश्न सोध्न थाल्यौं, यसले पढाईमा सुधार हुँदै गयो ।’ विद्यालयमा झरना र सरिताजस्तै अन्य विद्यार्थीले पनि मीत लगाएर आफ्नो पढाई सुधार गरेका छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.