दश वर्षभित्रमा बन्दैछ यस्तो घर, जहाँ भोक लाग्यो कि भोजन हाजिर

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

जुन गतिमा प्रविधिमा बदलाव आइरहेको छ सोही गतिमा मानिसको रहनसहन तथा तौरतरिकामा पनि परिवर्तन आइरहेको छ । आगामी दिनमा प्रविधिमा अझै अकल्पनीय परिवर्तन अवश्य आउनेछ जसले मानव जिवनलाई अझै कायापलट गरिदिने पक्का छ । अमेरिकी कम्पनी माइक्रोसफ्टले यस्तो एउटा भविष्यको कल्पना सार्वजनिक गरेको छ । स्पेस अफ द फ्युचर नामको उक्त फ्युचर मोडेलमा दश वर्षपछि मानव जिवनको सम्भावित अवस्थाको कल्पना गरिएको छ ।
bhok
माइक्रोसफ्टले एउटा यस्तो घरको नमूना तयार पारेको छ कि त्यो घरका भित्ताले मान्छेको अनुहार देखेरै उसले गर्नुपर्ने काम बताइदिनेछन् । घरमा एक विशेष प्रकारको डेस्क हुनेछ । त्यो डेस्क तपाइँको चाहना अनुसार तलमाथि सर्नेछ, कम्प्युटरको स्त्रिmन जस्तै खुल्नेछ, मान्छेको अनुहार पढ्न सक्नेछ र मान्छेले गर्नुपर्ने काम बताइदिनेछ ।
यो घरले घरमा बस्नेलाई विगतका कामको बारेमा पुनस्मरण पनि गराउनेछ । यसमा सर्च सुविधा हुनेछ जसले तपाइँका पुराना कामको भिडियो देखाइदिनेछ । यो घरमा बसिकन कार्यालयका सबै काम गर्न सकिनेछ । घरमा भिडियो कन्फ्रेन्सिङ सुविधा हुनेछ, जसको माध्यमबाट तपाइँले जो कोहीसँग प्रत्यक्ष सम्वाद गर्न तथा विभिन्न व्यापारिक सम्झौता समेत गर्न सक्नुहुनेछ ।
घरमा विशेष प्रकारको प्रविधि हुनेछ जसले घरको रङ इच्छाअनुसार बदलिदिनेछ ।
माइक्रोसफ्टका अनुसार यदि तपाइँ यो घरभित्र हुनुहुन्छ र तपाइँलाई भोक लागेको छ भने किचनले आफै तपाइँलाई मन पर्ने खाना टक्राउनेछ । तपाइँ खुर्सानी लिएर स्क्यानर अगाडि उभिनुपर्नेछ, त्यसपछि तपाइँले डेस्कमा तपाइँले खान पाउने परिकारको तस्वीर देखिनेछ । जब तपाइँ कुकिङ टेबल तर्फ अघि बढ्नुहुनेछ तब बनाउन लागिएको परिकारका लागि उपलब्ध सामाग्रीहरुको चित्र देखिनेछ, बनाउने विधि पनि बताइनेछ र ओक गरेपछि चुल्होमा आफै तपाइँलाई मन पर्ने कुरा पाक्नेछ ।
यो काल्पनिक घरको मोडेलमा वैज्ञानिक तथा इन्जिनियरहरुले तयार पारेका प्रविधिको मिश्रण हुनेछ । यो कुनै साइन्स फिक्सन होइन यथार्थ हो र अबको दश वर्षमा यो कल्पनाको घर साँच्चीकै तयार पारिने माइक्रोसफ्टको दाबी ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.