डिभिजन थ्री क्रिकेटमा नेपालद्वारा ओमान ३२ रनले पराजित


२० वैशाख, काठमाण्डौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले ओमानलाई ३२ रनले पराजित गरेको छ । यससँगै डिभिजन २ मा उक्लिने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ । नेपालले शनिबार इटलीलाई ठूलो अन्तरले पराजित गरे र अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ । ४ खेलको समाप्तीमा अमेरिकाको ६ अंक छ भने नेपालको ४ अंक छ । गएराति अमेरिकालाई हराएको युगाण्डाको ८ अंक छ र डिभिजन २ मा बढुवा हुने पक्का भएको छ । गएराति पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनायो । १ रन जोड्दा ओपनर सुवास खकुरेललाई गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन जोड्दा विनोद भण्डारीले ३२, कप्तान पारस खड्काले २८ र सदर भसवाकरले २७ रनको योगदान दिए । जवाफमा मैदान उत्रिएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा संजम रेृग्मी र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने शक्ति गौचन, पृथु बास्कोटा र पारस खड्काले १ विकेट लिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.