संसार झुक्याउनेलाई १० बर्ष जेल


म्याक कोर्मिक ।
इराकसहित बिभिन्न मुलुकमा नक्कली बम डिटेक्टर (बम पत्ता लगाउने यन्त्र) बेचेको आरोपमा एक बेलायती नागरिकलाई १० बर्ष कैद फैसला सुनाइएको छ । बेलायतको वल्ड बेली अदालतले निर्दयी तरिका अपनाएकोमा ५७ बर्षीय जेम्स म्याक कोर्मिकलाई यस्तो फैसला सुनाएको हो । उनले बिभिन्न समयमा बिभिन्न देशलाई बेचेको सात सय बढी नक्कली बम डिटेक्टरको कारणले सयौंले ज्यान गुमाएका थिए । द्वन्द्वग्रस्ता इराकसहित बिभिन्न देशमा उनले बिक्री गरेको डिटेक्टरको भर पर्दा सयौंले ज्यान गुमाएकोमा विश्वभर नै उनको व्यापार तरिकाको आलोचना भएको छ । सयौंको ज्यान लिने गरी व्यापार गरेर उनले ५० मिलियन पाउन्ड आम्दानी गरेको अदालतको भनाई छ । उनको कमाईलाई अदालतका न्यायाधीशले घृणित कमाईको संज्ञा दिएका छन् । कोर्मिकलाई सजाय फैसला सुनाउँदै न्यायाधीश रिचार्ड हानले डिटेक्टर काम नलाग्ने, उनको कमाई घृणित र उनले गरेको बढ्याईं घृणितको हद भएको टिप्पणी गरेका छन् । कोर्मिकले बम पत्ता लगाउने भन्दै ईराकसहित जर्जिया, रोमानिया, नाइजेरिया, थाइल्याण्ड र साउदी अरेबियामा नक्कली सामान बेचेको आरोप छ । उनले प्रति डिटेक्टर ४० हजार पाउन्डमा बिक्री गरेको बेलायती प्रहरीको भनाई छ । उनले बेचेको बम डिटेक्टरको भर पर्दा सयौ निर्दोषले ज्यान गुमाउनु परेको थियो । जमिनमुनी आधा माइल, पानीमा एकसय फिट र हावामा तीन माइकलसम्मको बम पत्ता लगाउने भन्दै उनले बिक्री गरेको सामानहरु नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको थियो । उनको नक्कली कामको पर्दाफास दुई बर्ष अघि नै भएको थियो । कोर्मिकले भने आफूले सही सामान बेचेको दाबी गर्दै आएका छन् । 'मैले मेरो ग्राहकबाट कुनै नकारात्मक प्रतिक्रिया पाएको छैन्', उनले भनेका छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.