अमेरिकामा भासिँदै प्रहरीका हाकिम
२० वैशाख, काठमाण्डौं । प्रहरी निरीक्षक मिलन बस्नेत अहिले अमेरिकामा छन् । असईबाट जागिर सुरु गरेका बस्नेतको दरबन्दी सिन्धुलीमा छ । उनले नेपालमा प्रहरीको जागिरबाटा राजीनामा त दिइसकेका छैनन् तर, र्फकने सम्भावना अत्यन्तै कम छ ।

बस्नेतमात्र होइन, नेपाल प्रहरीका जवानदेखि माथिल्लो दर्जाका दर्जनौ अधिकृत अमेरिका र युरोप भासिएका छन् । प्रहरी स्रोतका अनुसार कतिपय डिभी परेर गएका छन् भने कतिपयले विभिन्न तरिकाले अमेरिका छिरेर उत्तै बसेको खबर सौर्य दैनिकले छापेको छ ।
अमेरिका भासिने नेपाल प्रहरीका सबैभन्दा उपल्ला अधिकारी डिआईजी शारदा पराजुली हुन् । नेपाल छँदा सयौं प्रहरीलाई अह्राउने उनी अमेरिकामा चौकिदारीको काम गर्दै छन् ।
नेपाल प्रहरीमा राम्रा अधिकृत मानिएका डिएसपी जगदीश पोखरेल पनि अहिले अमेरिकामा नै छन् । उनले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा प्रमुख छँदा सुरक्षा व्यवस्थामा राम्रो सुधार गरेका थिए ।
0 comments
Write Down Your Responses