सर्वोच्चले खोल्यो स्ववियु चुनावको बाटो


२० वैशाख, काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा २८ वर्ष पुगेकाले भाग लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा नेपाल विद्यार्थी संघ र अनेरास्वियूका तर्फबाट दायर निवेदनको विपक्षमा अदालतले आदेश सुनाएको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावमा समानुपातिक निर्वाचन प्रणाली अपनाउनुका साथै २८ वर्षे उमेर हद कायम गर्ने निर्णय गरेपछि उपत्यकाका कांग्रेस एमाले समर्थित ११ विद्यार्थीले अदालतमा निदेशन दायर गरेका थिए । रिटमा २८ वर्षे उमेर एवं समानुपातिक प्रणाली कार्यान्यन नगर्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको थियो । नेविसंघ र अनेरास्ववियूले अखिल क्रान्तिकारीसँगको मिलेमतोमा त्रिवि प्रशासनले नयाँ प्रावधान ल्याएको भन्दै सोको विरोध गर्दै आएका छन् । न्ययाधीश रामकुमारप्रसाद साह, तर्कराज भट्ट र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासका शुक्रबार भएको सुनुवाइमा स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालयले नियम बनाई कार्यान्वयन गर्न सक्ने भएकाले त्यसमा अदालत अन्तरिम आदेश दिइरहनु नपर्ने जनाएको छ । अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएपछि जेठमा गर्ने भनिएको स्ववियु चुनावका लागि मार्गप्रशस्त भउको छ । अदालतको यस्तो आदेशपछि आफूहरुको नैतिक जीत भएको अखिल क्रान्तिकारीका जागृत रायमाझीले अनलाइनखबरलाई बताउनुभयो । नेविसंघका नेता विनय राम भट्टले आफूहरुले अदालतको निर्णय मान्ने भए पनि यस्तो नयाँ प्रावधानले विद्यार्थीहरुमा विवाद ल्याउने बताउनुभयो । यद्यपि अदालतले यो मुद्दामा अन्तिम निर्णय गर्न बाँकी रहेको भट्टले बताउनुभयो । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.