तुलसी गिरी र मरिचमान राजनीतिमा फर्कदै, ज्ञानेन्द्रको साथ कमल थापालाई


भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

२२ वैशाख, काठमाण्डौं । राप्रपा नेपालमा समेटिन नसकेका पूर्वप्रधानमन्त्री तुलसी गिरी र मरिचमान सिंह छुट्टै पार्टी बनाएर राजनीतिमा सक्रिय हुन खोजेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सहानुभूति र सहयोग भने कमल थापाको राप्रपा नेपालप्रति नै छ ।
tulsi-marichman
गिरी र सिंहले राजनीतिमा सक्रिय हुन खोजेको सन्देश पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाइसकेका छन् । तर, छुट्टै पार्टी खोल्ने उनीहरुको तयारीप्रति पूर्वराजाको समर्थन नभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गिरी र सिंहले छुट्टै पार्टी खोल्दा राप्रपा नेपालको प्रभाव कमजोर हुने ठहर पूर्वराजाको छ । उनले कम्तीमा आगामी चुनवासम्म राप्रपा नेपाललाई सहयोग गर्न उनीहरुलाई अनुरोध गरेको नयाँ पत्रिकामा खबर छ ।
सिंहलाई राप्रपा नेपाल भित्र्याउन एकपटक राप्रपा नेपालका अध्यक्ष थापाले वार्ता पनि गरेका थिए, तर थापाको नेतृत्व स्विकार्न सिंह तयार भएनन् ।
चुनावको तयारी सुरु भएपछि पूर्वप्रधानमन्त्री तथा शाहीकालीन सरकारका उपाध्यक्ष तुलसी गिरी करिब साढे दुई महिना अघि नेपाल फर्केका हुन् । गिरीले विचार मिल्ने साथिहरुसँग परामर्श र छलफल भइरहेको प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.