सदरमुकाममा आज आयोजित सभामा उनले 'पहिलेको संविधानसभा निर्वाचनमा माओवादी हतियारको त्रास र वाइसिएल दम्भमा धाँधली गरी ठूलो पार्टी बनेको भए पनि सत्ताकै खेलमा मात्र रुमलिएका कारण' उसले जनविश्वास गुमाइसकेको बताए।
आजै विश्व प्रेस स्वतन्त्रता दिवस परेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष खनालले माओवादीलाई पत्रकार डेकेन्द्र थापाको रगतको मूल्य महँगो पर्ने बताए। सभामा एमाले वैकल्पिक सदस्य दलबहादुर सुनारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन रोल्पा, भारतको सिलगुडी र लखनौमा भेटेर वातावरण बनाइएपछि दिल्लीमा बाह्रबुँदे सहमति भएको प्रगतिलाई नेपाली कांग्रेसले श्रेय लिएकामा आश्चर्य प्रकट गरे।
एमाले जिल्ला अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा भएको जनसभामा एमाले केन्द्रीय कमिटीका सदस्य गोविन्द कोइराला, गौरा प्रसाईं, देवराज भार, पूर्वसभासद् राजबहादुर बुढा, एमाले जिल्ला उपाध्यक्ष बरुनाथ योगी लगायतले आआफ्नो विचार राखेका थिए। रासस
माओवादीले जातीय राज्यको बखेडा झिक्यो : खनाल
दैलेख- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले २०६४सालको संविधानसभाबाट संविधान घोषणा गर्ने सबै तयारी भएका बेला एमाओवादीले जातीय राज्यको बखेडा हालेर संविधान बन्न अवरोध पुर्याएको आरोप लगाएका छन्।
0 comments
Write Down Your Responses