पैसा सोर्न पाइन्छ भन्दै युरोप ल्याएर माओवादी नेताका छोराले पारे बिचल्ली दर्जनौं नेपालीलाई

source :nepalplus

(अपडेट- हिजो अग्नी सापकोटाका कान्छा छोराले मानव तस्करीको काम गरे भन्ने न्युज आयो । पिडितलेपनि अडियोमै त्यसै भनेका छन् । नेपालमा पैसा तिर्दा देखि त्रुभुवन अन्तर् राष्ट्रिय विमान भेट भएर युरोप सँगै आएदेखि केहि दिन सँगसँगै बसेको मानिसले ‘म अग्नी सापकोटाको छोरो हुँ’ भन्ने र अन्य दलाललेपनि त्यसै भनेपछि सँगै आ उने नेपालीले नपत्याउने कुरोपनि भएन । तर आज अग्नी सापकोटाको परिवारबाटै त्यो झुठो भएको खुलस्त पार्ने काम गरेका छन् । भरत सापकोटा भन्ने ब्यक्ति अग्नी सापकोटाको छोरा हुँदै नभएको बताए । अग्नी सापकोटाका तिन छोरा रहेछन् । जेठा दीपक सापकोटा पत्रकारिता क्षेत्रैमा छन् । माईलोको नाम रुपक र कान्छाको नाम अनुशिल रहेछ । भरत सापकोटा भन्ने नाम रहेनछ कसैको पनि । कान्छा छोरा चाहिँ त्रि वीवीमा अंग्रेजी साहित्य लिएर एम ए पो गर्दै रहेछन् । दीपक सापकोटाले  जानकारि दिए ‘मेरो भाईले युरोप त के भारतको सिमा शहरको भ्रमपनि गरेको छैन । यो भ्रमपूर्ण समाचार हो, दुख लाग्यो’आजको ब्लगपनि हेर्नुहोला)
ददि सापकोटा
Nepali-Workersएकिक्रित नेकपा माओवादीका नेता अग्नी सापकोटा यतिखेर गरिब र दिन दुखिकालागि सुनौलो दिन ल्याउन भन्दै भोट मागिरहेका छन् । तर यता उनैका कान्छा छोरा भरत सापकोटाले भने झण्डै दुई दर्जन नेपालीलाइ ठगेर युरोपमा अलपत्र पारेका छन् । उनले अलपत्र पारेका पिडित नेपालीहरु कोहि नर्वे, कोहि इटाली, कोहि बेल्जियम त  कोहि पोर्चुगलमा पुन्पुरोमा हात ठोक्दै हिँडिरहेका छन् । कोहि कुनै उपाय नपाएर आफ्नो जिल्लाका कोहि नेपाली भेटिन्छन् र उद्दार हुन्छ कि भन्दै सम्पर्क खोजिरहेका छन् । कोहि साँझ र बिहान खाना खाने मेसो सम्म नभएर सडक सडकमा भौतारिँदै छन् । पिडित नेपालीले नेपालप्लस प्रतिनिधीसित आफूहरुलाई बिचल्लीमा पारेको भन्दै दुखेसो गरेका छन् । माओवादीका पोलिट ब्युरो सदस्य अग्नी सापकोटाका कान्छा छोरा भरत सापकोटाले करिब डेढ महिना अघि बिस जना नेपाली ल्याएर युरोपमा छोडिएदिएपछि तिनको बिचल्ली भएको हो । 
उनीहरुले नेपालबाट एकै पटकमा तिस जनालाइ कल्चरल भिसा (साँस्क्रितिक आदान प्रदान गर्ने) भनेर भिसा लगाएका थिए । पिडितका अनुसार ति मध्ये सात आठ जना बेल्जियम पुगे । दुई जना ईटाली, दुई जना नर्वे र पोर्चुगलमा चार पाँच जना छन् ।  बाँकि अन्य देशमा छरिएका छन् । त्यसरि कल्चरल भिसामा ल्याउने दलालहरु मध्ये भरत सापकोटा, युवराज श्रेष्ठ र अन्य एक जनाको नाम भने भन्न सकेनन् । तर पोर्चुगलका एक पत्रकारले दिएको जानकारि अनुसार तेस्रो दलाल सुरेश श्रेष्ठ हुन् ।
vilnius
त्यसरि भिसा मिलाउन नरेश श्रेष्ठको नाममा एउटा नक्काली कंपनीनै खोलेका छन् । जसको नाम नेपाल पाभिलिओन् कंपनी रहेको छ । उनको कंपनीको नाम मुन्तिर भने नेपाल टुरिज्म बोर्डको लोगो जस्तो देखिन्छ । यि दलालहरुले भिसा मिलाउनकालागि लिथुवानियाकै एक स्थानिय ब्यक्तिलाइपनि हात लिएका छन् । ति लिथुवानियाली ब्यक्तिको नाम भिलिउस् स्तनिलिउस् हो । नेपालीलाई ठगी गर्न यिनलेपनि एक कंपनी खोलेका छन् जसको नाम भिलिनुस् स्भालिया हो । यि ब्यक्ति यो कंपनीक निर्देशक हुन् । उनले यता लिथुवानियाबाट कागज मिलाउँछन्, प्रशासनिक चाँजो पाँजो मिलाउँछन् र उता नेपालबाट भने युवराज श्रेष्ठ, भरत सापकोटा र नरेश श्रेष्ठले कागज बनाउँछन् । नेपालीहरुलाई रकम लिएर लिथुवानिया आउने खोज्ने काममा भने भरत सापकोटा अगाडि सर्दैनन् । तर नेपालबाट कागज बनाउन उनले आफ्नो बाबुको पहुँच प्रयोग गर्छन् । नेपालीले तिरेको जनही दश लाख मध्ये पाँच लाख भरत सापकोटाले लिने गरेको थाह पाएको पिडितले बताए । यता लिथुवानियाका दलाल भिलिउसलेपनि बाँकि रकम मध्ये केहि लिन्छन् । उनले यहाँ नेपालीहरुलाई बिमानस्थलमा लिन जाने देखि केहि दिन घुमाउने र तोकिएको कार्यक्रमको ब्यवस्था गर्छन् ।
उनीहरुले कि त पर्यटकिय प्रबर्धन वा सांस्क्रितिक कार्यक्रम गर्ने भनेर भिसाकालागि सिफारिस गर्छन् र लिथुवानियाको प्रशासनलाईपनि केहि गरेका छन् भन्ने देखाएर छल्नकालागि एक दुई दिन लिथुवानीयाको सडकमा नेपालको ब्रोसर बाँड्न लगाउँछन् । त्यस्तो कार्यक्रममा लिथुवानियाको प्रशासनका उच्च ब्यक्तिहरुलाईपनि निम्ता दिएर केहि गरेको देखाउँछन् । यसरि आँखा छली छली लिथुवानिया ल्याउने र त्यहाँबाट नेपालीलाई युरोपका बिभिन्न मुलुकमा पठाउने गर्छन् ।
पिडितहरुले लगभग दश लाखका दरले तिरेका थिए । पिडितलाई भरत सापकोटाले आफू माओवादी नेता अग्नी सापकोटाको कान्छो छोरा बताउने गरेका थिए । पोर्चुगलका एक पत्रकारलेपनि भरत सापकोटा माओवादी नेता अग्नी सापकोटाकै छोरा रहेको स्पष्ठ पारे । पिडितहरुका अनुसार भरत सापकोटापनि उनीहरुलाई पुर्‍याउन युरोपसम्म सँगै आएका थिए । ति दलालहरुले पिडितहरुलाई लिथुवानीया ल्याएपछि “अब कहाँ कहाँ जानु हो तपाईहरु जानुस्” भनेर छोडिदिएका थिए ।
लिथुवानियामा उनीहरुले सांस्क्रितिक कार्यक्रम देखाउन भन्दै भिसा लिएका थिए । त्यहाँ सांस्क्रितिक साँझको आयोजनापनि एक रात गरे । त्यहाँ आउने क्रममै दुई जन नेपाली बिमानस्थलबाटै फरार भएका थिए । त्यसरि कार्यक्रम गर्न आउनेमा देवा लामा र भगवान भुजेल बिमानस्थलबाट फरार भएका थिए । उनीहरुले जनही आठ सय युरोका दरले दलालहरुबाट लिएका थिए । त्यो रकम सांस्क्रितिक कार्यक्रम गर्न भनेर लिएका थिए जुन दलालहरुलाई पछि फर्काउनुपर्ने थियो यदि फरार नभएको भए । ‘उहाँहरुले आठ सय युरोका दरले बुझेर फरार हुनु भो । प्लसमा पर्नु भो, हामी माईनसमा परियो’ पिडितले भने । कलाकारहरु भने दलाललाइ पैसा नतिरि आएका थिए र हाल उनीहरु नर्वे पुगेका छन् ।
अग्नी सापकोटाका छोरा भरत सापकोटा र युबराज श्रेष्ठले भने केहि मानिसहरुलाई बेल्जियम लिएर गएका थिए । त्यहाँ केहि नेपालीहरुलाई छोडेर उनीहरु नेपाल फर्किएको आफूले सुनेको पिडित मध्येका एक नेपालीले बताए । आफूहरुलाई युरोपमा त सडकमै पैसा टिप्न पाइन्छ, यति र उति युरो भत्ता पाइन्छ भन्ने आश्वाशन दिएकाले पैसा टिप्ने पाइने आशाले युरोप छिरेको उनले बताए । ‘जिन्दगीनै यहाँ ‘सेटल’ हुन्छ भन्ने आश्वाशनसमेत ति दलालले बाँडेको पिडितले बताए । युरोपमा आफूले चिनेको कोहि नभएकोलेपनि बेवारिसे हुनु परेको, युरोप नआउन्जेलसम्म युरोपमा यस्तो दुख हुन्छ भन्ने आफूलाई थाह नभएको उनको गुनासो थियो ।
मैले यस विषयमा छड्के बुझ्न लिथुवानियाका गोरे दलाल भिलिउस् स्तानिलिउस्लाई आज ००३७०६१०३६६९४  नंबरमा फोन गरेर ‘मेरो पनि केहि नेपाली साथीहरु लिथुवानिया हुँदै युरोप छिराउनु छ । पोर्चुगल आएका केहि मेरा साथीले तिम्रो नंबर दिएका हुन् । कसरि ल्याउन सक्छु ?’ भनेर सोध्दा उनी हड्बडाए । शुरुमै प्रश्न गरे ‘कहाँबाट कसले दियो मेरो नंबर ?’ मैले एक जना नेपालीले भनेपछि सोधे ‘त्यसको नाम के हो ?’ मैले लगातार नेपालीलैऐ युरोप ल्याउन चाहेको बताएपछि उनले ईमेल मार्फत सबै प्रस्ताब लेखेर पठाउनु, त्यसपछि म जवाफ दिउँला’ भन्ने जवाफ दिए । तर मैले नेपालीहरु ल्याउने काम गरेको छैन र गर्दिन भन्न सेकेनन् । उनीसितको अडियो रेकर्ड मसित सुरक्षित छ ।
यता आएपछि बस्न र खान पनि नपुग्ने, जागिरपनि नपाउने गर्दा घरबाटै पैसा मगाउनु परेको र उता झन ऋण झन बढ्दै गएकोले नेपाल फर्किने योजना केहि नेपालीले बनाएको जानकारिपनि उनले दिए । अडियो राख्ने अनुमति दिएपनि नाम भने उल्लेख नगरिदिन उनले आग्रह गरेका छन् । “ठूला बडा पर्नु भयो उहाँहरु । फेरि नेपाल जाँदा अप्ठेरो पर्ला । त्यसैले नाम चाहिँ नहलिदिनुहोला । यो खबर चहैँ मेडियामा हालिदिनुहोला” पिडितले भने ।
उनीहरुले यहाँ ल्याएर नेपालीलाई छोडिदिएपछि फोन नउठाउने गरेको उनले बताए । भिसाकालागि आफ्नो पहुँच प्रयोग गरेर भिसा लगाउने, बिदेश ल्याउनेलाई बिमानस्थल पुर्‍याउन आउने र युरोपको भिसा लगाइसकेपछि भरत सापकोटाले लिएर आउने गरेको बताए । जता गएपनि हुन्छ, मज्जाले कमाइन्छ भन्दै दलालहरुले भिसाकालागि लोभ देखाएका थिए ।
उनीहरुले चिनको बेजिङबाट नौ दिनको भिसा लगाएर ल्याएका थिए । उनीहरुले कतार र स्टकहोम दुई ठाउँमा ट्रान्जिट पारेर थिए । आज आज भोली भोली भन्दा भन्दै दलालहरुले उनीहरुलाई २८ महिनासम्म नेपालमा झुलाएका थिए । केहि नेपालीहरुलाई तिन चार वर्ष देखि भिसा हुन्छ भन्दै पासपोर्ट लिएर झुलाईराखेको पिडितले बताए ।  दलालहरुले डिपोजिट भन्दै शुरुमा एक लाख लिएका थिए । त्यसको एक वर्षपछि टिकट खर्चका नाममा अर्को एक लाख लिएका थिए । बाँकि रकम उड्नु अघिल्लो दिन बुझाएका थिए । नेपालमा पैसा लिँदा युरोपको जुन जुन देश जाने हो त्यहिँ त्यहिँ पुर्‍याईदिन्छौं भन्ने बचन दिएका थिए । तर लिथुवानियाको बिमानस्थल आइसकेपछि भने उल्टो रकम मागेर नदिएमा नेपाल फर्काइदिने धम्कि दिएका थिए । त्यसरि धम्की दिनेमा भरत सापकोटा र युवराज श्रेष्ठ थिए । लिथुवानियामा आएपछि बिमान टिकट र बाँकि रकमपनि लिइदिएपछि ऋण काढेर उनीहरु पोर्चुगल आएका थिए ।
नेपालप्लसको पोर्चुगलका एक सहयोगिले दिएको जानकारि अनुसार यि तिन जना दाललहरुले अहिले सम्म लिथुवानिया करिब चार पटक नेपालीहरुको समूह लिएर आइसकेका छन् । ति हरेक पटक लिथुवानिया आइसकेपछि ति नेपालीहरुलाई त्यहिँबाट भाग्न लगाउने गरेका छन् । चार पटक गरेर करिब एक सय ५० नेपालीलाई तिनले युरोप छिराएका छन् । ति हरेकबाट दश लाखका दरले लिने गरेका छन् । एक पटक ति दलालले ल्याएको समूहलाई ईटालीको अध्यागमले नेपालनै फिर्ता पठाइदिएको थियो । तर तिनले लिथुवानियाको भिसा मिलाएर अर्कै देशमा ट्रान्जिट पारेर फेरि ल्याएका थिए ।
(युवराज श्रेष्ठ भन्ने दलालको फोन नंबर यो हो ९८५१०८५००७)
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.