काठमाण्डौंमा भारतीय फौजको सर्च

१४ भदौ, काठमाण्डौं । नेपालको अस्थिर राजनीतिक वातावरणको फाइदा उठाउँदै भारतीय सुरक्षा निकायले काठमाण्डौंमा आफ्नो मुलुकका अपराधी खोज्ने अभियान चलाएको खुलासा भएको छ । नेपाल प्रहरीको उच्च तहको सहयोगमा विगत दुई सातादेखि भारतको इन्टेलिजेन्स व्युरो (आइबी), रिसर्च एन्ड एनालाइसिस विंग (रअ) र दिल्ली पुलिसका छुट्टाछुट्टै टोली काठमाण्डौंमा परिचालित रहेको अन्नपूर्ण पोस्टमा खबरछ । स्रोतका अनुसार यी टोली हैदरावाद आक्रमणका मुख्य आरोपी यासिन भट्काल, तहसिम अख्तर वसिम उर्फमोनु, अंसदुल्लाह अख्तर जावेद उर्फहड्डी र बकास उर्फ अहमदको खोजीमा काठमाण्डौं र आसपासका सम्भाव्य क्षेत्रमा सादा पोसाकमा खटिएका हुन् । प्रहरी स्रोतका अनुसार भारतीय कुख्यात अपराधी यासिन भाट्कल उर्फ मोहम्मद जरारं सिद्दिवाप्पालाई मंगलबार पक्राउ गरिएको थियो । भारतका विभिन्न नरसंहारकारी घटनाका अभियुक्त सैयद अब्दुल करिम टुन्डालाईै ११ अगस्तमा नेपालमा पक्राउ गरी भारतलाई बुझाइएको थियो । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.