अध्यक्ष पदमा उठेपछि राजकुमारको कपाल चट
चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिएपछि निर्माता राजकुमार राइको कपाल पनि चट भएको छ । विगत लामो समयदेखि लामो कपाल पालेर आलोचना भोग्दै आएका राजकुमारको कपाल चट भएको हो ।उनले अध्यक्ष पदमा उम्मेदवारी दिएसागै आफ्नो कपाल पनि काटेका छन् । राजकुमारले सिनेमा निर्माण गरेलतगै कपाल काट्ने बताएका थिए । तर उनले आफ्नो प्रतिबद्धता चलचित्र ‘प्रोड्युसर’को निर्माण गर्दाको समयसम्म पनि काटेका थिएनन् ।
तर निर्माता संघको अध्यक्ष पदमा आफुलाई भलाद्मी र फरक देखाउन उनले कपाल काटेको स्पष्ट देखिन्छ । मानिसको गेटअपले पनि उसलाई विभिन्न तवरले चिनाउन मद्दत गर्दछ । यसैले पनि निर्माताहरुलाई आफु फरक भएको आभाष दिलाउन राइले कपाल काटेको हुनसक्छ । राजकुमारले कपाल काटेपछि धेरै निर्माताहरुले उनको फरक गेटअपको स्वागत पनि गरेका छन् ।
0 comments
Write Down Your Responses